दामोदर भणडारी ,नुवाकोट
बा,
जब तिम्रो शरीर कहिले न उठने गरि ढल्यो
तब संगै गर्लम्म ढल्यो मेरो जिन्दगीको बलियो खम्बा।
बा,
जब तिमिलाई पोको पारेर घाट लगिदै थियो ।
तब संगै लगिदै थियो मेरो खुशिका पोकोहरु।
जब मैले
चिता माथी रहेको तिम्रो शरिरमा आगो लगाएको थिए।
सगै मैले मेरो रहरहरु माथी पनि आगो लगाएको थिए।
मलाई थोरै आगोले पोल्दा
आत्तिने तिमी
तिम्रो पुरै शरीर आगोले पोल्दा किन आत्तिएनौ।
किन करायानौ पोल्यो भनेर ।
किन उठेर भनेनौ म निदाएको मात्र थिए
संसार छाडेको होइन भनेर
बा,
तिम्रो शरीर जलेर खरानी हुँदै गर्दा
मेरो मन पनि त जलेर खरानी हुदै थियो।
बा,
तिम्रो तिम्रो शरीर जल्दै गर्दा
निस्किएका कालो धुवाँले
मेरो कालो भबिस्यको मार्ग बनाउदै थियो ।
बा,
तिमी जल्दै गर्दा आएको गन्धले
मलाई हुर्काउन ,पढाउन अनि खुवाउन
तिमिले बगाएको पसिनाको मूल्य बताउंदै थियो।
बा, जब मैले ताते ताते सिक्दै गर्दा
समाउने तिम्रा हातका औंलाहरु जल्दै थिए।
तब
काटेर फाल्न मन थियो
तिमी माथी आगो लगाउने
आफ्नै हातका औलाहरु।
जब तिम्रो अस्तु खोलाले बगायो
तब संगै बगायो मेरो रहर