-पुष्प अधिकारी अञ्जलि
सडकको छातीमा टेकेर बिद्रोह जन्माउनुपर्छ
महलमा सुतेकाहरू पनि अब बाहिर आउनुपर्छ।
सदनमा उभिएर चिच्याउँदैमा केही हुनेवाला छैन
सरकार बदल्नु छभने वस्तीमा तुफान ल्याउनुपर्छ
कति दर्दनाक हुन्छ त्यो अचानोको पीडा पनि
हरेकदिन खुकुरीको अगाडि गर्धन देखाउनुपर्छ।
बिद्रोह जन्मियोभने तिमी कहाँ पुग्नेछौ थाहाछैन
आफ्नै घरभित्र बसेर बाहिर कर्फ्यु लगाउनुपर्छ।
वर्षौंभइसक्यो ननिदाएको कलिला बाबु नानीहरु
सरकार एकछिन् चुपलाग अब वस्ती निदाउनुपर्छ
भरतपुर, चितवन