गहिरो प्रेमपछिको बिछोड (ब्रेकअप) कष्टकर हुन सक्छ । कतिपयले त ब्रेकअपपछि आत्महत्यासम्मको बाटो रोज्ने गरेको पाइन्छ । ब्रेकअपछि कुनै काम गर्न मन लाग्दैन, संसार अधुरो लाग्छ । उत्साह मेटिन्छ । आज हामी तपाईंलाई केही यस्ता टिप्सबारे जानकारी दिँदैछौँ, जसले तपाईंलाई ब्रेकअपबाट मुक्त गर्न सहयोग गर्न सक्छ ।
१. आफ्नो नजिकका व्यक्तिसँग कुरा गर्नुहोस्
ब्रेकअपपछि कसैसँग कुरा गर्न मन नलाग्ने हुन्छ । तर, तपाईं ब्रेकअपबाट छुट्कारा पाउन चाहनुहुन्छ भने तपाईंले भित्रैदेखि बुझ्ने मान्छेसँग कुरा गर्न आवश्यक छ । त्यसले तपाईंलाई निकै राहत दिनेछ ।
२. साथीहरूसँग घुम्नुहोस्
ब्रेकअपछि अब तपाईं स्वतन्त्र हुनुहुन्छ । कसैलाई भेट्नैपर्ने दबाब छैन । अब आफ्ना मिल्ने साथीहरूलाई फोन गर्नुहोस्, रमाइलो गर्नुहोस् । नयाँ मान्छेसँग भेटघाट गर्नुहोस् । तपाईंलाई विस्तारै आनन्द महसुस हुँदै जान्छ ।
३. जीवनमा केही नयाँ गर्नुहोस्
जीवनमा सधैँ केही न केही नयाँ गरिरहनुपर्छ । गर्न केही नभए, यात्रा गर्नुहोस् । यात्राले तपाईंको दायरा फराकिलो बनाउँछ । कतै जान मन लाग्दैन भने अर्को नयाँ ठाउँमा घुम्न जानुहोस् ।
४. पुराना सम्झनालाई डिलिट गर्नुहोस्
पूर्वप्रेमीसँग जोडिएको हरेक सम्झनालाई मेटाउँदै जानुभयो भने तपाईंलाई निकै राहत मिल्नेछ । उनीसँग खिचिएका तस्बिर तथा भिडियोहरू डिलिट गर्नुहोस् । उसो त तपाईं उनीसँग जोडिएको कुनै चिजलाई मिठो सम्झनाको रूपमा राख्न पनि सक्नुहुन्छ, तर याद राख्नुहोस् त्यो चिज तपाईंको नजरबाट टाढा हुनुपर्छ । बारम्बार देखिनुभएन ।
५. अन्फलो गर्नुहोस्
सामाजिक सञ्जालबाट अन्फलो गर्नुहोस् । कुनै पनि प्रकारको सम्पर्क हुनबाट जोगिनुहोस् । सक्नुहुन्छ भने फोन नम्बर पनि डिलिट गर्नुहोस् ।
६. आफूलाई व्यस्त राख्नुहोस्
'खाली दिमाग सैतानको घर' भनिन्छ । खाली हुनुभयो भने तपाईंलाई उनको यादले सताउन सक्छ । त्यसैले आफ्नो शरीर र दिमागलाई व्यस्त राख्ने प्रयास गर्नुहोस् । राम्रो संगीत सुन्न सक्नुहुन्छ । व्यायाम गर्नुहोस् वा केही लेख्नुहोस् । उनलाई भुल्न तपाईंलाई निकै सहज हुनेछ ।
७. मानिसहरूलाई भेट्नुहोस्
प्रत्येक व्यक्तिले जीवनको कुनै न कुनै विन्दुमा कसैबाट धोका पाएको हुन्छ । फरक यति हो प्रेममा पाएको धोका अलि बढी पीडादायक हुन सक्छ । त्यसैले आफूले पाएको धोकालाई सामान्यकरण गर्नुहोस्, संसारमा आफूले मात्र धोका पाएको नठान्नुहोस् । विस्तारै सबै कुरा राम्रो हुन्छ ।
आठ अर्ब मानिसले भरिएको संसारमा तपाईंले आफ्ना लागि उपयुक्त पार्टनर पनि पाउनुहुनेछ । आफूमा विश्वास गर्नुहोस्, उपयुक्त मान्छेको खोजी जारी राख्नुहोस् ।