तिमि
हुन त मसंग
धेरै कुरा छैनन्
तर पनि तिमी छौ
लाग्छ मरो सबथोक
मेरो संसार तिमी
मेरो सपना तिमी
मेरो प्राप्ति अनि उद्यस्य तिमी
मेरो जीवनको रङ्ग तिमी
तिमी छौ र त पूर्ण छु परिपुर्ण छु
मलाई दबाबमा जिउन
राम्ररी आउछ तर तिम्रो
अभावमा जिउन गाह्रो छ |
तिमी
जतासुकै भेटिन्छौ
मेरा सपनामा छौ
यादमा छौ स्वासमा छौ
छौ मेरो सफलताको कहानीमा
छौ मेरो जीवनको विहानीमा
र त मेरो जीवन रङ्गिएको छ
तिमी मेरो जीवनको बगैँचामा
वास्ना छर्न आउनु
म माली बनेर डाली डालीमा
तिमीलाई चुम्नेछु
तिम्रै वास्नामा झुम्नेछु .......