पर्वत : मोदी-२ देउपुर स्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाले मौरीपालन गरेर नै वार्षिक ३५ लाख रुपैयाँसम्म कमाउने गरेका छन्।
तिमिल्सिना परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ कमाउन सकिन्छ भन्ने उदाहरण बनेका हुन्।दुई दशकदेखि व्यावसायिक मौरीपालन गर्दै आएका कृषक तिमिल्सिनालेको घरमा अहिले सय मौरीका घार छन्।
एपि सेरेना जातको मौरीपालन गरेका उनले वर्षमा दुई पटक मह निकाल्छन्। उनको घरबाटै मह बिक्री हुन्छ। कुश्मा बजार, बागलुङ, काठमाडौं, पोखरा र बुटवल लगायतका क्षेत्रबाट व्यवसायी घरमै मह लिन आउने उनी बताउँछन्।गुणस्तरीय भह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन। अझ मागअनुसार ग्राहकलाई पुर्याउन नसकिरहेको उनी बताउँछन्। उनले मह मात्र नभइ मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्छन्।
मौरीसहितका घार प्रतिगोटा नौ हजार र मह प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुन्छ।