काठमाडौं । शनि ग्रह पुनः शौर्यमण्डलमा सबैभन्दा धेरै उपग्रह भएको ग्रह बनेको छ ।
गत फेब्रुअरीमा शनिको उक्त ताज बृहस्पतिले खोसेको थियो । त्यसबेला ९५ वटा उपग्रह सहित बृहस्पति सबैभन्दा धेरै उपग्रह भएको शौर्यमण्डलको ग्रह बनेको थियो । तर अब नयाँ ४५ वटा चन्द्रमासहित बृहस्पति ग्रहसँग भएका चन्द्रमाको संख्या कूल १४५ पुगेको छ ।
गत फेब्रुअरी महिनामा बृहस्पतिको नजिक १२ वटा नयाँ चन्द्रमा फेला परेका थिए । त्योसँगै बृहस्पतिका चन्द्रमाको संख्या बढेर ९५ पुगेको थियो ।तर अब १४५ चन्द्रमा सहित शनि ग्रह सर्वाधिक चन्द्रमा भएको ग्रह बनेको अन्तराष्ट्रिय खगोलविज्ञान संघले जनाएको छ ।युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका खगोलविद प्राध्यापक ब्रेट ग्लेडम्यानले शनि ग्रह आफ्ना चन्द्रमाको संख्या दोब्बर बनाउन मात्र होइन शौर्यमण्डलको सर्वाधिक चन्द्रमा भएको ग्रह बन्न सफल भएको बताएका छन् । ६२ वटा नयाँ चन्द्रमा पत्ता लगाउने टिममा प्राध्यापक ब्रेट पनि सहभागी थिए ।
शनि ग्रहका पत्ता लागेका नयाँ चन्द्रमाको नामकरण छिटै गरिने प्राध्यापक ब्रेटले बताएका छन् । कतिपय चन्द्रमालाई क्यानडाको इनउइट देवताहरुको नामबाट राखिनेछ भने कतिपयको नाम ग्यालिक तथा नर्स आदि राखिनेछ ।कतिपय खगोलविदहरुले चाहिँ शनि ग्रहको वरिपरी पहिले कुनै ठूलो चन्द्रमा रहेको हुनसक्ने र त्यो फुटेपछि यतिधेरै ससाना चन्द्रमाहरु बनेको हुनसक्ने अनुमान गरेका छन् । पछि यी सबै चन्द्रमाहरु शनि ग्रहको कक्षमा फरक–फरक दिशामा फैलिएका हुन सक्दछन् ।
प्राध्यापक ब्रेटका अनुसार यदि राम्रोसँग अध्ययन गर्ने हो भने शनि ग्रहसँग बृहस्पतिको तुलनामा ३ गुणाभन्दा धेरै चन्द्रमा फेला पर्न सक्छन् । तर अहिलेसम्म सबैको गणना तथा खोज हुन सकेको छैन र खोजकार्य जारी रहेको छ ।
नासाका वैज्ञानिकहरुले सौर्यमण्डलका चन्द्रमाहरुको खोज गर्नका लागि हवाईस्थित क्यानडा—फ्रान्स—हवाई टेलिस्कोपको प्रयोग गरेका थिए । यो टेलिस्कोपद्वारा सन् २०१९ देखि २०२१ सम्म संकलन गरेका डाटाको आधारमा चन्द्रमाहरुको गणना गरिएको थियो । त्यसमध्ये कतिपय चन्द्रमाको आकार निकै सानो छ । कतिपय चन्द्रमाको व्यास साढे २ किलोमिटर रहेको छ ।