काठमाडौं : इन्टरनेट सेवा प्रदायकले आपसी मिलेमतोमा आफूखुसी इन्टरनेटको शुल्क बढाउन थालेपछि त्यसो नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ।
दूरसञ्चार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै हाल स्वीकृत महसुल दरभन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरेको जनाएको छ।
हाल कुनै पनि सेवा प्रदायकलाई महसुल बढाउने अनुमति नदिएकाले इन्टरनेट सेवा प्रदायकहरुलाई शुल्क नबढाउन निर्देशन दिइएको हो।
केही इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणको निर्देशन भन्दै शुल्क बढाउन थालेका छन्।