वैज्ञानिकहरुका अनुसार रोबोटले मानिसका अधिकांश काम आफैले गर्ने र मान्छेका रोजगारी खोस्ने दिन अब खासै टाढा छैन । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा भैरहेको लगातारको विकासले यो खतरालाई झनै बढाइदिएको छ ।
अहिलेसम्म रोबोटले होटल तथा रेष्टुरेन्टमा वेटरको काम गरेका वा एयरपोर्टमा आगन्तुकको स्वागत गरेका समाचार हामीले पढेका थियौं । तर अब रोबोटले सेक्योरिटी गार्डको कामपनि गर्न थालेको छ ।
डेलीस्टारको रिपोर्ट अनुसार यो रोबोटलाई मानिसजस्तै बनाउने कोसिस भएको छ । 1X नाम कम्पनीलं उक्त रोबोट तयार गरेको हो । यसको नाम Humanoid EVE Robot हो । यसले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट काम गर्दछ । हाल यसलाई सेक्योरिटी गार्डको रुपमा ड्यु टीमा खटाइएको छ । यसले गत अपि्रल महिनाको सुरुदेखि नै काम गर्न थालेको हो ।
कम्पनीका अनुसार यो रोबोटमा मानिसकै जस्तै हात तथा अनुहार छ । यसले आफ्नो हातले सामान उठाउन तथा ढोका खोल्न सक्दछ । यसलाई नर्वे तथा डलासमा औद्योगिक क्षेत्रमा बनाइने एन्ड्रोइडको निगरानीका लागि खटाइएको छ ।
एन्ड्रोइड अनियन्त्रित भएकेा अवस्थामा रोबोटले भर्चुअल रियालिटीको माध्यमबाट त्यसलाई सम्हाल्छ । यसका लागि रोबोटले क्यामरा सिस्टमसँगै अलार्म सेन्सर पनि प्रयोग गर्दछ जसबाट उसले आफु लाई सुम्पिएको निगरानीको काम राम्रोसँग गरिरहेको सुनिश्चित गर्न सकियोस् ।यो रोबोटले मानिसले जस्तै काम गरेको देख्दा यसलाई स्वास्थ्य तथा हस्पिटालिटी लगायतका विभिन्न क्षेत्रमा पनि प्रयोग गर्न सकिने आँकलन गरिएको छ ।
डेलिमेलको रिपोर्ट अनुसार रोबोट निर्माता कम्पनीका सीईओ तथा संस्थापक बन्र्ट बोरनिचलले भेनका छन्- हामीसँग एउटा ठूलो सोँच छ । हामी श्रमशक्तिको अभावको समस्या समाधान गर्न चाहन्छौं । यो कसरी गर्ने भन्ने हामीसँग प्रष्ट अवधारणा छ । तर हामीलाई निकै धेरै डाटाको आवश्यकता छ । मलाई लाग्छ कि हामीसँगै पूर्णरुपमा फरक समाज हुनेछ जहा हामीले श्रमिकको अभावको बारेमा सोँच्नुपर्ने छैन ।