काठमाडौँ - मधेस प्रदेशको प्रदेश सभा बैठक अवरुद्ध भएको छ । सरकारले बजेट निर्माणको पूर्वसध्यामा जथाभावी रकमान्तर गरेको, शशर्त अनुदानका रकममा पनि मनलाग्दी गरेको आरोप लगाउँदै केही दिन देखि सत्ता पक्ष भित्र रहेकै माओवादी, जनमत लगायतका दल र प्रमुख प्रतिपक्षी दल एमालेले आवाज उठाउँदैं आएको थियो । यी दलहरुले यस विषयमा संसदीय छानबिन समिति बनाउन माग गदैं आएका थिए ।
बिहिबार प्रदेश सभा बैठक सुरु भए लगत्तै नेकपा एमालेका प्रदेश सभाका सांसदहरुले छानबिन समितिको माग गदै प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन् । एमालेले प्रदेश सभा बैठक अवरोध गरेपछि सभामुखले १० मिनेटका लागि प्रदेश सभिा बैठक स्थगित गरेका छन् ।
प्रदेश सभा बैठक स्थगित भएपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।