जेठ ११– लोकप्रिय हास्यश्रृंखला ‘सक्किगो नि’ तेस्रो सिजन आज बिहिबारबाट सुरु हुने भएको छ । निर्माण संस्था जेपीटी क्रिएसनले सामाजिक संजालमार्फत श्रृखलाको प्रसारणबारे जानकारी दिएको हो ।
कमेडी जनरामा प्रसारण हुँदै आएको सिरियल अहिलेको गम्भीर र मर्मस्पर्शी कथाका साथ आउन लागेको हो । कुमार कट्टेल र अर्जुन घिमिरेको निर्देशन रहँदै आएको शृङ्खलाको तेस्रो सिजन पनि यी दुवैले निर्देशन गरेका छन् ।
हिमालय टिभी एचडीबाट प्रसारण हुने सिरियलमा कुमार कट्टेल, अर्जुन घिमिरे, सिपी पुडासैनी लगायतको अभिनय रहँदै आएको छ ।