मध्य जापानमा छुरा प्रहार र गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । आक्रमणकारीले नागानो प्रान्तको नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनुअघि एक महिलालाई छुरा प्रहार गरेका थिए ।
घटनामा चौथो व्यक्तिको मृत्यु ढिलोगरी पुष्टि भएको छ । पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको जनाइएको छ ।
गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भए पनि जापानमा बन्दुक हिंसा अत्यन्तै दुर्लभ मानिन्छ ।आक्रमणकारीको उद्देश्य प्रस्ट भएको छैन । जापानमा बन्दुक किन्नको लागि मानिसहरूले कडा परीक्षा र मानसिक स्वास्थ्य परीक्षण गर्नुपर्छ ।