काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ५ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार ५ सय रुपैयाँले घटेर एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।