काठमाडौं । काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घटेको छ ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दुरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले शुक्रबारबाट लागू हुने गरी भाडा घटाएको हो ।
प्रदेश भाडा निर्धारणरसामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम २ ले दिएको अधिकार प्रयोग गर्दै भाडा घटाइएको मन्त्रालयले जनाएको छ ।
यसअघि बागमती प्रदेशको मन्त्री स्तरीय निर्णयअनुसार गत वर्षको साउन ५ गते नयाँ भाडादर कायम गरेको थियो ।