काठमाडौं । रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने सरकारी प्रयासविरुद्ध टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपतिको कार्यालयमा निवेदन दर्ता गरेकी छन् ।
टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी हुन् ।
सरकारले पूर्वसांसद चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।