गायिका समीक्षा अधिकारीले स्वर दिएको गीत ‘आफ्नो आफ्नो दुःख’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको छ ।
शुक्रवारमात्रै सार्वजनिक गरिएको गीत छोटो समयमै राम्रो भ्युजका साथ संगीततर्फ ट्रेन्डिङ नम्बर वानमा आएको हो । गीत टिकटकतिर पनि छाएको छ ।
यो गीतमा गायक पशुपति शर्माको शब्द एवं संगीत छ । उनले आफ्नो स्वरमा ६ महिनाअघि सार्वजनिक गरेको गीत त्यतिबेला पनि निकै चर्चित बनेको थियो । पशुपतिको स्वर रहेको गीतको भिडियोको युट्युब भ्युज यतिबेला ९४ लाख बढी छ ।
त्यसबेला पनि टिकटकमा समेत निकै छाएको उक्त गीत करोड क्लबको नजिक पुगेसँगै पशुपतिले यसको फिमेल भर्सन ल्याएका हुन् । फिमेल भर्सनको भिडियोमा समीक्षा स्वयं प्रस्तुत छिन् ।
दुर्गा पौडेलको निर्देशन एवं छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । फिमेल भर्सन पनि पशुपतिकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।