झापा । कन्काई नगरपालिका–१ चुके कल्भर्टमा सोमबार बिहानै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बिहान पौने ५ बजे मे ९ प ५७४४ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका भारतीय नागरिक ६५ वर्षीय दिपराज चरजलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
उपचारको लागि विर्तासिटी अस्पताल पुर्याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
ठककर दिने मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय अनारमणीले नियन्त्रणमा लिएको छ ।