काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा सम्भाव्य फाँटहरूमा लिफ्ट र भूमिगत जलस्रोतमार्फत सिंचाईगर्ने उल्लेख छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय चुल्होलाई प्रयोग गर्न पनि प्रोत्साहन गर्ने भएको छ । भान्साबाट एलपी ग्याँस प्रतिस्थापन गर्न विद्युतीय चुल्होलाई प्रोत्साहन दिने भएको हो। यसका लागि कार्यविधी बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
खानेपानीलाई निशुल्क बनाउन लिफ्ट प्रविधिमा आधारित खानेपानीको सम्पूर्ण महशुल प्रदेश सरकारले तिर्ने नीति तथा कार्यक्रममा बताइएको छ ।
प्रदेश सभामा आइतबार पेश भएको २४१ बुँदे नीति तथा कार्यक्रममा उज्यालो प्रदेश अभियानलाई निरन्तरता दिने, काठको पोल विस्थापित गर्ने लगायत अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस ।