काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा हरेक वर्ष १० हजार जनालाई रोजागारी प्रदान, कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना लगायतका योजनालाई प्राथमिकतामा राखिएको छ ।
यस्तै विगतदेखि कार्यान्वयनमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइएको छ भने प्रदेशलाई अर्ग्यानिक प्रदेशको रूपमा विकास गरिने बताइएको छ ।
खेलकुदको क्षेत्रमा १० औं खेलकुद राष्ट्रिय प्रतियोगिता आयोजनालाई लक्षित गर्दै पूर्वाधार विकास र पाँच ‘प’ को रणनीति अपनाइएको छ ।
पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस ।