काठमाडौं । कर्णाली प्रदेश योजना आयोगले अझै पनि पूर्णता पाउन सकिरहेको छैन ।
सोमबार थप एक जना सदस्यलाई नियुक्त गरे पनि आयोगले पूर्णता पाउन सकेको छैन ।
मुख्यमन्त्री नियुक्त भएको झण्डै ५ महिना बितिसक्दा पनि आयोगले पूर्णता पाउन नसकेको हो । यसअघि आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट योगेन्द्रबहादुर शाही नियुक्त भएका थिए ।
सोमबार सत्तारुढ नेपाली कांग्रेसको कोटाबाट ऋषि खनाल सदस्यमा नियुक्त भएका छन् ।
आयोगको अध्यक्षमा मुख्यमन्त्री, एक उपाध्यक्ष र दुई सदस्य रहने व्यवस्था छ । अब एक जना सदस्य नियुक्त गर्न बाँकी छ । यस्तै आयोगको पदेन सदस्यमा प्रमुख सचिव र सदस्यसचिवमा अर्थ मन्त्रालयको सचिव रहने व्यवस्था छ ।
उपाध्यक्षलाई प्रदेशको राज्यमन्त्री सरह र सदस्यलाई सांसद सरहको सेवा सुविधा दिइन्छ ।