काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिने भएको छ ।
सोमबार बसेको कोशी प्रदेश संसदीय दल र मंगलबार बसेको माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले नेकपा (एमाले) का नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको छ ।
यसअघि नै जसपाले मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ ।