काठमाडौं । कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा र दिएका छन् ।
माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।
मंगलबार माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।