काठमाडौं । यतिबेला दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खानको फिल्म 'आदिपुरुष' चर्चामा छ।
यसैबीच नितेश तिवारीको निर्देशनमा फिल्म 'रामायण' बन्ने चर्चा सुरू भएको छ। ओम राउतले निर्देशन गरेको फिल्म 'आदिपुरुष' मा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन् ।
यी तीन पात्रको कहानी नितेशको फिल्ममा पनि देखिनेछ। तर कलाकार फरक हुनेछन् ।
भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार 'रामायण' मा रामको भूमिकामा रणवीर कपूर, सीताको भूमिकामा आलिया भट्ट र रावणको भूमिकामा यश देखिनेछन्। निर्माण टिमले यस खबरलाई पुष्टि गरेका छैनन् ।
हालै नितेश तिवारी र आलिया भट्टबीच भेट भएको थियो। त्यसपछि उनले सीताको भूमिकाका लागि फिल्म साइन गरेको चर्चा चलेको हो। रामको भूमिकाका लागि रणवीर लुक्स परीक्षण गरिएको समेत बताइएको छ।
त्यस्तै रावणको भूमिकाका लागि नितेशले यशसँग कुराकानी गरिरहेका छन् । तर यशले अहिलेसम्म फिल्म साइन गरेका छैनन् ।
यसै वर्षको अन्तिमबाट फिल्मको छायांकन सुरू हुने बताइएको छ । फिल्ममा अल्लु अरविन्द, मधु मन्टेना र नमित मल्होत्राको लगानी रहनेछ ।
प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ ।