काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुसी खोलाको बहाव क्षेत्र छोप्न गरिएको सिमेन्ट ढलान फुटाउन थालेको छ ।
नियम अनुसार छाड्नुपर्ने क्षेत्र नछाडी घर बनाएर खोलालाई पक्की ढलान गरेर छेकेको भन्दै शुक्रवारबाट महानगरले ढकाल फुटाउन थालेको हो ।
महानगरपालिकाले वसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुसी खोलामाथिको कङ्क्रिट भत्काउन थालेको हो । सो क्षेत्रको करिब पाँच किलोमिटर क्षेत्रको स्ल्याब भत्काउने महानगरको तयारी देखिन्छ ।
खोला किनारमा घर बनाउँदा ४ मिटर क्षेत्र छोड्नुपर्ने नियम समेत स्थानीयले पालना नगरेको महानगरको दाबी छ । उनीहरूले नियम अनुसार छाड्नुपर्ने जग्गा नछाडी खोलामाथि स्ल्याब राखेर बाटोको रूपमा प्रयोग गरेको महानगरको दाबी छ ।