काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
आज सोमबार बिहान ७ बजेर ३८ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।
बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो ।