काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत नेतृत्व सम्हालेका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले बिहीबार मन्त्रालयको सभाहलमा अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ ।
बजेटको स्रोततर्फ आन्तरिक ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार र राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार आयको अनुमान उनले प्रस्तुत गरेका छन् ।
साझेदार दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट सार्वजनिक गरेको हो ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल नेपाली कांग्रृेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका छन् ।
बजेट पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।