काठमाडौं । उपकुलपतिमा नियुक्त भए लगत्तै डा भूपेन्द्र कुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा तीन पदाधिकारी नियुक्त गराएका छन्।
उनी आजै उपकुलपतिमा नियुक्त भएका थिए। नियुक्ति लगत्तै उनले न्याम्सको रेक्टरमा डा लोचन कार्की, रजिस्ट्रारमा डा ज्ञानेन्द्र शाह र डिनमा डा अशेष ढुङ्गानालाई नियुक्तिको सिफारिस गरेका थिए।
उनको सिफारिसको आधारमा बिहीबारै तीनै जनालाई नियुक्तिको निर्णय गरेका हुन्।
नियुक्त भएकामध्ये कार्की नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष हुन्। उनी कांग्रेस कोटाबाट नियुक्त भएका हुन्।
रजिस्टार शाह ट्रमा सेन्टरका चिकित्सक हुन्। उनी माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका हुन्। यसैगरी डिनमा नियुक्त ढुङ्गाना पनि कांग्रेसको कोटाबाट नियुक्त भएका हुन्।