काठमाडौं । घादिङमा भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको छ ।
काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०७ इ ७०३१ नम्बरको बस धादिङको गल्छीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
बस मोडमा भित्तामा पल्टिएको र घाइतेलाई स्थानीय अस्पताल पठाइएको मिश्रको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको बसलाई क्रेनको सहायताबाट हटाएर राजमार्ग खुलाउनने काम भइरहेकाे छ ।