काठमाडौं : नेपाल टेलिकमका केही सेवा आइतबार (आज) राति ४ घण्टा अवरुद्ध हुने भएको छ।
टेलिकमले एक सूचना निकालेर नियमित मर्मत सम्भारका क्रममा राति पौने १२ बजेदेखि ४ घण्टासम्म प्याकेज सब्सक्रिप्सन, क्वारी र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने जनाएको हो।
अन्य सेवाहरू भने चालु अवस्थामै रहने टेलिकमले जनाएको छ। आइतबार दिउँसो मात्रै हेटौंडामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको थियो।