काठमाडौं । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सीमाका रुपमा रहेको सिंघिया खोला अन्तर्गत विराटनगरतर्फ एक महिलाको शव फेला परेको छ ।
विराटनगर–८ स्थित सिंघिया खोलामा घोप्टो अवस्था मंगलबार बिहान साढे ११ बजेतिर महिलाको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
सुनसरीको गढी गाउँपालिका–३ छिटाहाकी ३५ वर्षीया ठूलीदेवी चौधरीको शव सिंघिया खोलामा घोप्टो परेको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
सुनसरी घर भएकी ठूलीदेवी सोमबार नन्द श्यामकुमारी चौधरीको घर कटहरी–२ आदर्श टोलमा पाहुना आएकी थिइन् ।
नन्दको घर नजिकै सिंघिया खोला रहेको छ ।
पोष्टमार्टमका लागि कोशी अस्पतालमा शव लगिएको र पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।