काठमाडौं । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ ।
मोस्ट वान्टेड ग्याङ्स्टर गोल्डी ब्रारले ज्यान मार्ने धम्की दिएपछि सलमानको सुरक्षा बढाइएको हो ।
एक न्यूज च्यानलसँग कुरा गर्दै गोल्डी ब्रारले भनेका थिए, ‘हामी सलमान खानलाई साँच्चै मार्नेछौँ ।’ यो खुला धम्कीपछि सुरक्षा निकायले सलमानको सुरक्षामा वृद्धि गरेको हो ।
लामो समयदेखि सलमानमाथि कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । जसका कारण विष्णोई समुदाय सलमानसँग आक्रोशित छन् ।
यस विषयमा पटक पटक सलमानलाई लरेन्स विष्णोईका सहयोगी र ग्याङ्स्टर गोल्डी ब्रारले धम्की दिइ रहेका छन् । तर, अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटना भने भएको छैन ।