काठमाडौं । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई उच्च अदालत विराटनगरले पाँच दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ ।
काममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले पाँच दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अपहेलनासम्बन्धी मुद्दा परेको थियो ।
मंगलबार अधिवक्ता उद्धवचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबू थपलियाले उच्च अदालत विराटनगरमा अपहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए ।
राजभण्डारीले असार १० गते विराटनगरस्थित एक निजी विद्यालयमा आयोजित कार्यक्रममा अदालत, न्यायाधीश र अदालतको आदेशविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।