काठमाडौं । कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले विपक्षमा मत हालेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेश सभामा सहभागी सबै दललाई पत्र पठाएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३ ९सभामुखसहित०, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।