काठमाडौँ - खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ सालको पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिहरु छनोट गरेको छ ।
प्रतिष्ठानले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै २०७९ को वर्षभरीमा प्रकाशित भएर प्रतिष्ठानलाई प्राप्त १ सय ८० कृतिहरुमध्ये निर्णायक समितिको पहिलो चरणको मूल्यांकनका आधारमा १५ वटा कृतिहरुको नाम विस्तारित सूचीका रूपमा सार्वजनिक गरिएको हो ।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
यस्तो छ सूची:

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० ०८:१९