काठमाडौं । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आज (आइतबार) बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो । जसका कारण बैठक सुचारु हुन सकेका थिएन । बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी छ ।
संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन ।