मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शुक्रबार पद तथा गोपनियताको सपथ लिँदैछन् ।
विराटनगरस्थित प्रदेश प्रमुख परशुराम खापुंगले अहिले ९ बजे नवनियुक्त मुख्यमन्त्री थापालाई सपथग्रहण गराउने कार्यक्रम रहेको उनी निकट स्रोतले जनकारी दिएको छ ।
स्रोतका अनुसार थापाले सपथग्रहण गरेसँगै आज ३/४ संख्याको मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ ।
पहिलोचरणमा कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादीबाट मन्त्री बन्नेछन् ।