काठमाडौँ । बहुविवाहको आरोपमा प्रहरीले एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ ।
प्रहरीले महोत्तरीको भंगहा नगरपालिका- ४ का वडाध्यक्ष गणेश महतो पक्राउ गरेको हो ।
उनकी जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बेलुका पक्राउ परेका वडाध्यक्ष महतोमाथि थप अनुसन्धान भइरहेको छ ।