काठमाडौं । उत्तर प्रदेशको मेरठमा काबरियाको डिजेले हाई टेन्सन लाइनमा छुदाँ करेन्ट लागेर पाँच जनाको मृत्यु भएको छ।
हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किदाँ ५ काबरियाको मृत्यु भएको हो। साथै, करिब एक दर्जन जलेर घाइते भएका छन्।मेरठका डीएम दीपक मीनाले ५ जनाको मृत्यु भएको जानकारी दिए । घटनापछि आक्रोशित मानिसहरूले फोर्ट रोड अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले विद्युत प्राधिकरणले लापरवाही गरेको आरोप लगाएका छन्।
मेरठको रली चौहान गाउँका काँबरियाहरु शनिबार साँझ करिब ८ बजे गाउँ पुगेका थिए। डिजेको धुममा काबरियाहरू गाउँमा प्रवेश गर्ने बित्तिकै सडकको छेउमा झुण्डिएको हाई टेन्सन लाइन डिजेसँग ठोक्किएको थियो।
एक जनाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। अन्य चारको आनन्द अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमा दुईजना दाजुभाइ हुन्।
विद्युत विभागको लापरवाहीका कारण भएको दुर्घटनाका कारण आक्रोशित गाउँलेहरूले गाउँबाहिर सडक अवरुद्ध गरेर मेरठ–फोर्ट सडक अवरुद्ध गरेका छन्। प्रहरी अधिकारीहरूले मध्यरातसम्म जाम खोल्ने प्रयास गरिरहेका थिए। लापरवाही गर्ने विद्युत् कर्मचारीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन्।