काठमाडौं । संघर्षपूर्ण खेलमा विश्व नम्बर दोस्रो बरिएताका नोभाक जोकोभिकलाई ६–१, ७–६, ६–१, ३–६ र ६–४ ले हराउँदै ग्रान्डस्लाम उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन्।
पहिलो सेट ६–१ ले गुमाएका कार्लोसले दोस्रो सेटमा जबरजस्त कमब्याक गर्दै संघर्षपूर्ण ७–६ को जित निकाले। त्यसपछि अर्को सेटमा उनले पहिलो सेटको बदला लिँदै ६–१ ले नै नतिजा आफ्नो पक्षमा पारे।
चौथो सेट ३(७ ले जोकोभिचले जिते पाँचौ सेटमा अल्काराजले ६(४ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक विम्बल्डनको उपाधि हात पारे। जोकोभिचको आठौँ विम्बल्डन उपाधि जित्ने लक्ष्य पूरा भएन।
जोकोभिचले अहिलेसम्म २३ ग्रान्डस्लाम उपाधि जितेका छन्। २० वर्षीय अल्काराजको यो पहिलो विम्बल्डन उपाधि हो। उनले यसअघि सन् २०२२ मा युएस ओपन जितेका थिए।