काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तहका नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि बढाएको शुल्क तत्कालका लागि स्थगित गरेको छ।
परिषदले २९ असारमा शुल्क बढाउँदै समायोजन गरेको सूचना जारी गरेको थियो। परिषदको स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले बिहीबार सूचना जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्रै शुल्क समायोजन गर्ने जनाएको छ।
परिषदले तीन वर्षे नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि शुल्क बढाएको थियो। जसको चौतर्फी विरोधपछि सीटीईभीटी यस निर्णयबाट तत्काललाई पछि हटेको हो।