काठमाडौं । भारतको राजस्थानको राजधानी जयपुरमा शुक्रवार बिहान एक घण्टाभित्रै भूकम्पको तीन धक्का महसुस गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिहान ४ बजेर ९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो ।
त्यसपछि ४ बजेर २२ मिनेटमा दोस्रो र ४ बजेर २५ मिनेटमा तेस्रो झटका महसुस भएको थियो । यी भूकम्पको तीव्रता ३ दशमलव १ देखि ४ दशमलव ४ रेक्टरसम्म रेकर्ड गरिएको छ ।
भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा धनमालको क्षति नभएको प्रहरी नियन्त्रण कक्षले जनाएको छ ।

Vasundhara Raje
@VasundharaBJP
जयपुर सहित प्रदेश में अन्य जगहों पर भूकंप के तेज़ झटके महसूस किए गए हैं। I hope you all are safe! #Jaipur #earthquake #Rajasthan
Translate Tweet
Last edited from Jaipur, India
·46.6K
Views
229
Retweets
14
Quotes
1,787
Likes
2
राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा राजेले ट्विटरमा लेखेकी छिन्, ‘जयपुरसहित राज्यका अन्य ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ । मलाई आशा छ तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ।’