काठमाडौँ । जातीय विभेदविरुद्ध बनाइएको गायक प्रकाश सपूतको गीत 'दमाई महाराज' सार्वजनिक भएको छ ।
शब्द र संगीत पनि प्रकाशकै रहेको उक्त गीतमा शान्तिश्री परियार र प्रकाशको स्वर छ । उक्त गीतको म्युजिक भिडियोको निर्देशन, कथा र उत्पादन पनि सपूतले नै गरेका छन् ।
गीतको भिडियोमा मुख्य सहायक निर्देशन प्रकाशका भाइ सुनिल विकले गरेका छन् भने विशाल घिमिरे सहायक निर्देशक रहेका छन् ।
जातीय विभेदविरुद्ध रहेको सो गीत गजित विष्टले कोरियोग्राफी गरेका हुन् । गीत भजन शैलीमा ल्याइएको छ । गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।
गीतले मन भुलाउन सहयोग गर्ने विश्वास लिएको सपूतले सामाजिक सञ्जालमा बताएका छन् ।
यस्तो छ भिडियो: