काठमाडौं । नारायण–मुगलिङ सडक खण्डमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन्।
बिहान करीब साढे ७ बजेको समयमा नारायणगढबाट मुगलिङतर्फ गइरहेको रा १८ ख २२३६ नम्बरको बस र बिपरीत दिशाबाट आइरहेको ना ६ ख ४९४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रकका चालकको खुट्टा च्यापिएको कारण निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरु ११ जनाको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको छ। घाइतेहरुको अबस्था सामान्य रहेको छ।