काठमाडौं । तीन जिल्लामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
रौतहट, मौलापुर नगरपालिका-५ क्याम्पस चोकमा मधेस प्रदेश ०३-०२८ प ४३२६ नम्बरको मोटरसाइकल र ना।
६५ प ४१७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा ना।६५ प ४१७५ नम्बरको मोटरसाइकल चालक पर्सा सखुवापर्सौनि गाउँपालिका-१ घर भएका ३५ वर्षीय सुनिल कुमार पासवानको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मौलापुरस्थित स्थानीय मेडिकल हुँदै बयोधा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको राज लक्ष्मी अस्पताल कलैयामा उपचार भइरहेको छ।पाँचथर, फिदिम नगरपालिका-२ ओदिनस्थित सडकमा प्र।१-०३-००१ ब ००१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक झापा बिर्तामोड नगरपालिका-८ मेथिबारी घर भएका २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो। पर्सा, बहुदरमाई नगरपालिका-४ डकैला चोकमा ना।२६ प ४००२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बर्वाटोला बस्ने ७० वर्षीय जोगी पासवानको सोमबार राति मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।