काठमाडौं । जिल्लामा विपद्का घटनाबाट एक आर्थिक वर्षमा १७ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा विभिन्न विपद्का घटनामा १७ जनाको मृत्यु भएको छ ।
बाढी र डुवानका कारण आठ, आगलागीमा ६ र चट्याङ लागेर तीनजनाले ज्यान गुमाएको प्रधानले जानकारी दिए । यो अवधिमा विपद्का घटनामा परी ९ जना घाइते भएका छन्।
आर्थिक वर्ष २०७८/०७९ मा १३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा १३ जनाको मृत्यु भएको र २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
विपद्का घटना न्यूनकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
यस्तै आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा ८१ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा ९ देखि ७४ वर्षसम्मका रहेको पाण्डेले जानकारी दिए।