राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का प्रबक्ता तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञान बहादुर शाहीका बारेमा गत केहि दीन अघीदेखी सामाजिक सञ्जालमा विभिन्न खालका टिका टिप्पणी भइरहेको छ।
यद्धपी गत केही दिन अघी केहि विषयमा पत्रकारहरुले प्रश्न गर्दा भने आफ्नो व्यक्तिगत जिवनबारे प्रश्न नगर्न भन्दै प्रश्न गर्ने पत्रकारहरुलाई नै थर्काएका थिए । बिबादमा परिरहने शाहीको प्रमुख विषय भने शैक्षिक योग्यता नै हो । उसो तशाहीको शैक्षिक योग्यताको बारे प्रश्न यस अघि नै उठ्ने गरेका थिए । आफुलाईअभियन्ता बताउंदै सडक संघर्ष गरिरहेका बेलादेखि नै शाहीको शैक्षिक योग्यताकाबारे प्रश्न उठ्ने गरेका थिए ।आफुंलाई चाटर्ड अकाउन्ट (CA)को बिधार्थी बताउने गरेका शाहीले केहि समयअघिमात्र अस्ट्रेलिया भ्रमणका क्रमका गरेका निक्कै हलुका टिप्पणी पछी भनेशाहीको शैक्षिक हैशियतबारे थप प्रश्न उठ्ने गरेको छ।
भारतमा रहंदा भारतीय सेनाको हतियार बारे अडिट गरेको र त्यो नै आफ्नो जीवनको पहिलो काम रहेको बताएका शाहीलाई उनको त्यो टिप्पणी भने निक्कै भारि हुन पुगेको छ। शाहीले यसअघि नै विभिन्न टेलिभिजन अन्तर्वार्ताका क्रममा नै आफुँ CAरहेकोबताएका थिए। यस्तै केहि समयअघिमात्र कान्तिपुर टिभीमा पत्रकार दिलभूषण दाहलसंगको अन्तर्वार्तामा भने आफू CA अध्यन गर्दै रहेको र पूर्ण भइ नसकेको बताएका थिए।
वि.सं.२०४८ साल माघ २४ गते जुम्लाको सिङ्जा गाउँपालिका वडा नम्बर ३ पिगी (साबिक नराकोट गाविस वडा नं.७ )मा जन्मिएका उनले कक्षा पाँचसम्म गाउँकै प्राथमिक विद्यालयमा अध्यन गरेका थिए भने भने कक्षा ६ देखि एसएलसीसम्म जुम्लाकै सदरमुकामबाट उत्तीर्ण गरेका थिए ।
तर उनको त्यस पछिको बास्तबिक शैक्षिक योग्यता भने कहीं कतै बाट पनि खुल्न सकेको छैन।आफुलाई CAबताएका उनले CAपढ्न भन्दा पहिला आबश्यक रहेको कक्षा १२ सम्मको अध्यन कहाँबाट गरे भन्ने कुराको नै आधिकारिक रेकर्ड कतै भेटिएको छैन ।
उनि निकटस्थले बताएका अनुसार उनि जुम्लाबाट १७ वर्ष अघि मात्र थप अध्यनका लागि भनेर राजधानी आएका थिए । उच्च शिक्षा अध्यनका लागि काठमाण्डौ आएका शाहील काठमाण्डौ र भक्तपुर गरि ३ वटा क्याम्पस भर्ना भएको भेटिएपनि उत्तीर्ण गरेको रेकर्ड कतैबाट पनि भेटिएको छैन ।
उनि निकट श्रोतले बताए अनुसार उनि बिज्ञान संकायमा त्रिचन्द्र क्याम्पसमा भर्ना भएका थिए । त्रिचन्द्र अध्यन गर्दा शाही माओवादी निकट बिधार्थी संगठनको राजनीतिमा निक्कै सक्रिय थिए । त्रिचन्द्रमा बिद्यार्थी राजनीति गर्ने क्रममा उनको अनेरास्ववियु नेता ऐन महरसंग पटक पटक झगडा समेत परि ऐन महराको समूहले शाहिमाथि कुटपिट समेत गरेको थियो । त्रिचन्द्र क्याम्पसमा १ वर्ष मात्र अध्यन गरेर परिक्षा नै नदिई छाडेका उनले त्यस पश्चात भने भक्तपुर बस्न थालेको र भक्तपुरमै रहेको सानोठिमी क्याम्पसमा अध्यन गरेको भेटिएको छ । सानोठिमी क्याम्पस अध्यन गरेका शाही त्यतिबेला पनि माओवादी निकट बिद्यार्थी संगठन अखिलमै सक्रिय रहेको र त्यहाँ पनि अखिलकै नेता दीपशिखा लगायत समुहले उनीमाथि कुटपिट गरेको पाइएको छ । सानोठिमी क्याम्पसबाट पनि उनल बिचमै छाडेका थिए । त्यस्तै उनको रजिस्ट्रेसन नम्बर प्रयोग गरि हेर्दा उनले १२ उत्तीर्ण गरेको कतैबाट पनि भेटिन्न ।
के हो CAअध्यनको बास्तबिकता ?
सानोठिमी क्याम्पसमा दीपशिखा लगायतको समूहसंग झगडा परेसंगै उनले भक्तपुर छाडी ललितपुरको चांगाथालि बसेका थिए । चांगाथालीमा उनि स्थानीय मिन बहादुर बस्नेतको घरमा कोठा भाडामा बसेका थिए । त्यहाँ बस्दा उनले स्थानीय युवा रोशन जंग बस्नेतले संचालन गरेको ट्युसन सेन्टरमा मासिक ५०० पारिश्रमिक लिई पढाउने गरेका थिए । चांगाथाली स्थित गोपालचोकमा उनले करिब १ वर्ष ट्युसन पढाउने काम गरे ।
घरबेटीले बताए अनुसार उनि त्यस घरमा ५ वर्ष बसे र उनि त्यतैबाट भारत गएका थिए।
उनि बसेको घरको घरबेटी (बस्नेत दम्पत्ति) ले बताए अनुसार उनले अछामबाट अध्यनकै लागि चांगाथाली आई बसेकि र लुगा चलाउने पेशा गरि जिबिकोपार्जो गरिरहेकी एक महिलालाई हातपात गरि अभद्र ब्यबहार गर्ने कोशिष गरेकोमा उनलाई त्यहींको स्थानीय भेला भइ कुटपिट समेत गरेका थिए।चर्को कुटपिटबाट घाइते भएका शाहीको टाउकोमा चोट लागेकोमा उनको पाटन अस्पतालमा लागि उपचार गराइएको र स्थानीय चौकीमा गइ केश मिलापत्र गरिएको थियो जहाँ शाहीले माफ मागेसंगै ति युवतीले केश फिर्ता लिएकी थिइन।त्यसपछी विरक्तिएका शाही अध्यनका लागि भन्दै भारत गएका थिए । तर चांगाथालिकै एक स्थानीय युवा रेश थापाले बताए अनुसार भने उनले त्यतिबेला न्युटनको चाल सम्बन्धि तेस्रो सिद्दान्त (Newtons third law of motion)लाई गलत प्रमाणित गर्न भारत जान लागेको स्थानीय युवा समक्ष बताएका थिए । चांगाथालीमा बस्दा बस्दै उनको तत्कालिन गाबिस उपाध्यक्ष रामेश्वर कार्कीका छोरा किशोर कार्कीसंग मित्रता गासिएको थियो । किशोर कार्की २०७२ सालको बैशाखमा मात्र CA पढ्न भारत गई भर्ना समेत भइसकेका थिए । शाही २०७४ सालमा भारत गए र उनैसंग बस्न सुरु गरे शाही यता र उता भौंतारिदै उनैको कोठामा १ वर्ष बसे जहाँ ऋब् पढ्नको लागि नेपालबाट आएका ५ जना युवा बस्ने गर्थे । बिश्वस्त श्रोतले बताए अनुसार भारतमा बसेको घरको घरबेटीसंग नै शाहीको झगडा परेको थियो जसले गर्दा उनि दिल्ली छाडी भारतमै रहेको गाउँ प्रेमगंज गइ ६ महिना बसे । त्यहि केहि काम गरे र नेपाल फर्किए त्यसपछि काठमाण्डौ फर्किएका शाहीले केहि समय काठमाण्डौमै इलेक्ट्रिक सामाग्री बेच्ने समेत गरेको पाइएको छ ।
महालेखा परिक्षणको प्रतिबेदन रटान
महालेखा परिक्षणको कार्यालयले बर्षेनी देशभरका स्थानीय तह लगायत अन्य सरकारी निकायको बेरुजु लगायत अन्य हिसाबकिताब सार्बजानिक गर्छ जसलाई महालेखा परिक्षणको कार्यालयले आफ्नो वेबसाइट मार्फत नै सार्बजानिक गरेको हुन्छ। त्यसलाई नै हुबहु उतार्दै नागरिकमाझ रटान छरेर अर्थतन्त्रको बिग्यता भएको भान देखाउन सफल भएका शाहीले पुजीगत खर्च र Capital Expenditure एकै कुरा हो भन्ने हेक्का समेत नराखी टेलिभिजन अन्तर्वार्तामा प्रस्तुत भएका थिए । भारतमा रहंदा भारतीय सेनाको हात–हतियारको अडिट गरेको देखि हतियार बनाउने कम्पनि ओडीसामा छनोट भएको भन्ने सम्मका अपत्यारिलो तर्क गरेका शाहीले आफ्ना अध्ययन १२ सम्म साच्चिकै गरे या गरेनन भन्ने कुरा नै खोल्न सकेको छैन। कतिपयले बताए अनुसार भने उनीसंग ११-१२ को भारतीय सर्टिफिकेट छ जसले नेपालि स्तरको समानता नै पाउन सकेको छैन। उसो त CAअध्ययन गर्न पुरा ६ वर्ष लाग्छ शाही जम्मा १७ महिनामात्रै भारत बसेको खुल्नमा आएको छ । भारतको कुनै पनि निकायमा उनले ऋब् पढ्न भर्ना भएको अभिलेख भेटिदैन ।
अंग्रेजी भाषाको अनविज्ञता
भाषा भनेको केबल संचारको एक माध्यम मात्र हो र अंग्रेजी जस्ता भाषा सयौं अन्य पनि छन् । अंग्रेजी भाषा जान्नुलाई मात्र नै ज्ञान हुनुको दृष्टिकोणबाट हेरिन मिल्दैन।तर शाही आफैंले ११–१२ बिज्ञान संकायमा अध्यन गरेको र CA अन्तिम सेमेष्टरसम्म अध्यन गरेको भनि दाबि गरेका छन् । उक्त तह सम्म अध्ययन गरेको जो कसै व्यक्तिले पनि अंग्रेजी भाषामा राम्रो दख्खल राख्दछ । उसो त अस्ट्रेलिया भ्रमणका बेला नै उनले प्रयोग गरेका केहि शब्दले अंग्रेजीमा उनको स्तर प्रष्ट भैसकेको छ ।
उम्मेदवारी दर्ता गर्दा शाहीले आयोगलाई झुठो विवरण बुझाएको खुलाशा
गत २०७९ मंसिर ४ गते भएको प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा शाहीले निर्वाचन आयोगलाई समेत झुठो विवरण बुझाएका छन् । निर्वाचन आयोगमा रहेको उनको वैयक्तिक विवरण (अनुसूची १०) मा पनि शाहीले पति पत्निको नामथर रहेको स्थानमा खाली नै छाडेका छन् भने शैक्षिक योज्ञताको ठाउँमा त्रिभुवन बिश्वबिध्यालयबाट स्नातकोत्तर गरेको विवरण पेश गरेका छन् । एसएलसी सम्मको अध्यनमात्रै आधिकारिक पुष्टि भइ ११–१२ सम्मको अध्ययनको नै आधिकारिकता पुष्टि नभएका शाहीले स्नातकोत्तर सम्मको अध्यन गरेका नै छैनन्। त्यसैल शाहीले झुटो विवरण पेश गरि निर्वाचन लडेको प्रष्ट भेटिन्छ। निर्वाचन आयोग र संसद सचिवालयमा नै शाहीले स्नातकोत्तर सम्मको अध्यन गरेको स्वघोषणा र दाबि गरेका छन् ।
यस विषयमा सांसद शाहीलाई पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आएका शाहीसंग उनको विवाह र उम्मेदवारी दर्तामा गलत विवरण उल्लेख गरेकोबारे प्रश्न गरेपछी उत्तर दिनबाट भागेका थिए । पुनः उक्त प्रश्न गदा गाँईगुँई गर्दै शाहीले प्रश्नबाट पन्छीदै उनको मोवाईल फोन आफ्ना स्वकिय सचिव गोकण कठायतलाई दिएका थिए । तर कठायतले भने कुन् मिडिया र को पत्रकार भन्दै दाई विजी हुनुहुन्छ पछी कुरा गरौंला भन्दै फोन काटीदिएका थिए । त्यस्तै हामीले पुन टेलिफोन गर्दा भने दुवैजनाले फोन उठाएनन् ।
उता निर्वाचन आयोगमा यस विषयमा जानकारी लिँदा उम्मेदवारी मनोनयन गर्दा त्यसो गर्नै नमिल्ने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शमा पौडेलका अनुसार निर्वाचन ऐनमा पनि निर्वाचनमा भाग लिने कुनैपनि उम्मेदवारले अनुसूची १० अन्तरगतको वैयक्तिक विवरण भर्नुपर्ने र विवरण भर्दा गलत कुरा उल्लेख गरे त्यस्तो कुरा कानुन विपरित हुने उल्लेख गरे । यसअघी यस किसिमको कार्यहरु नभएको भन्दै प्रवक्ता पौडेलले यसवारे आयोगका पदाधिकारीसमक्ष जानकारी गराउने प्रतिक्रिया दिए । यता कानुनबिदहरुका अनुसार भने निर्वाचन आयोगसमक्ष गलत बिबरण राखी निर्वाचन लड्नु गम्भिर त्रुटी हो जसले शाहीको सांसद पदको अस्तित्वमा नै धरापमा पर्न सक्ने बताउछन ।