राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता एबम जुम्लाबाट निर्वाचित सांसद ज्ञान बहादुर शाही आफ्नो बैबाहिक सम्बन्धका कारण यतिबेला चर्चा र बिबाद दुबैमा छन् | केहि समय अघिमात्र सामाजिक संजालमा शाहीको बिहेको तस्बिर बाहिरिएसंगै यो विषयले थप चर्चा पाएको हो |
उक्त तस्बिर को मार्फत र कसको चाहानामा बाहिरियो भन्ने यथार्थ खुल्न नसकेपनि ६ वर्षअघि नै बैबाहिक सम्बन्धमा बाँधिएको र उक्त सार्बजानिक भएको तस्बिरमा भनिए बमोझिमको उनको श्रीमती भनिएकी इन्दु सिंह दलित समुदायको भएकै कारण सांसद शाहीले बैबाहिक जीवनलाई सार्बजानिक नगरेको भन्ने व्यहोराको कारण झन् यस विषयले थप शंसय पैदा गरेको छ | दलित भएकै कारण सार्बजानिक नगरिएको हो भने यो गम्भिर जातीय विभेदको विषय रहेको र सांसद शाही उक्त कशुरको भागीदार हुनुपर्ने कतिपयको जोड छ | उसो त शाहीका सहयोगी प्रकाश नायकले पनि हामीसंगको फोन सम्पर्कमा शाहीको श्रीमती दलित समुदायकै प्रतिनिधित्व गर्ने बताएका छन् |
तर , सांसद शाहीले भने १ मात्रै बिहे नगरेको र उनको अन्य केहि महिलासंग पनि बैबाहिक सम्बन्ध र लिभिंग टुगेदरको सम्बन्ध रहेको खुल्नमा आएको छ | उसो त महिलाहरुसंगको सम्बन्धलाई लिएर यसअघी पनि शाहीको चरित्रमा प्रश्न भने ऊठाइएको थियो |
आफ्ना विविध विषयमा उठेका प्रश्नहरुमा चाडो प्रतिक्रिया दीईहालने र बनावटी जस्तो जवाफमा उत्रिहालने शाही शैक्षिक योग्यता र बैबाहिक विषयमा उठेका कयौं प्रश्नमा भने मुकदर्शक नै छन् |
यस्तै कोरोना भाइरसको संक्रमण पछिको लकडाउनको अवधिमा बोधिसत्व बिहारले नेपालको पश्चिम भेगमा गरेको स्वास्थ्य सामाग्री वितरणमा बोधिसत्व बिहारका प्रतिनिधिसंगै मध्यस्तकर्ताको रुपमा गएका शाहीले त्यसबेला पनि एक युवतीसँग मन्दिरमा गई बिहे गरेको खुलेको छ |श्रोतको जानकारी अनुसार स्वास्थ्य सामाग्री बितरणका बेला शाही र बोधिसत्व बिहारका प्रतिनिधिसंगै स्वास्थ्यकर्मीको रुपमा गएकी एक महिलासंग शाहीले त्यसबेला नै बिहे गरेका हुन् | उक्त युवतीसंग शाहीको केहिदिन अघि मात्रै चिनजान भइ सामाजिक संजालको माध्यमबाट एकअर्कामा नजिक बनेको र शाहीकै अनुरोधमा ति युवतीपनि संगै गएको बुझिएको छ | ति युवती स्वास्थ्यकर्मीको रुपमा शाहीसंगै रहेको बुझिन्छ | त्यस दिन सिंगो समूह नै चितवन गई एक होटेलमा बसेको थियो | शाही लगायतको समूह त्यसदिन चितवनमा बसेको होटेलको सिसिटिभी हेर्दा समेत शाही राति १ बजे ति यूवतीलाई ढोका खोल्न लगाई उनि बसेको कोठामा प्रबेश गरेको भेटिन्छ |
चितवनदेखि पश्चिमको यात्रामा भने शाही बोधिसत्व बिहारको प्रतिनिधिले प्रयोग गरेको गाडीमा नबसी छुटै गाडी प्रयोग गरि त्यस युवातिसंगै गएका थिए | बिश्वस्त श्रोतले बताए अनुसार -गाडीमा संगै सवार गर्दाको बिचमै उनीहरुबिचको सम्बन्ध थप निकट भएको र शाहीले आफुंलाई अबिबाहित रहेको बताउंदै आफुंलाई नर्ससंग बिहे गर्न मन भएको भन्दै ति युवतीलाई आफूप्रति आकर्षित गरेका थिए |
२०७८ जेठ ३० गते काठमान्डौ हुँदै चितवन आएर बसेको सिंगो समूह नै चितवनबाट पश्चिमतर्फ लागेको थियो | सोहि क्रममा नै असार २ गते शाहीले ति नर्सलाई बागलुंगको एक मन्दिरमा लागि फूलमाला साँटासाँट गरेर बिहे गरेको खुलेको छ | दुवै जनाले एक आपसमा फुल-माला लगाई मन्दिरको पुजारीसमक्ष आशिर्बाद लिएको प्राप्त दृश्यमा पाइएको छ | सांसद शाही हंगकंग जानुअघि नै हामीले बारम्बार उनीसंग फोन सम्पर्कमार्फत यस विषयमा प्रश्न गर्दा उनले जवाफ दिन इनकार गर्दै उनि निकट एक व्यक्तिको नाम लिँदै ति व्यक्तिसंग भेट्न आग्रह गरेका थिए |
त्यस्तै हामीले ति युवती संग प्रश्न गर्दा भने उनले दुबैजना मन्दिरमा गएर पुजारीको हातबाट आशिर्वाद लिएको स्वीकारोक्ति गरेकी छिन् |
त्यस्तै मेडिकल सामाग्री वितरणकै लागि भन्दै गएका शाही लगायतको टोलीमाथि असार ७ गते सुर्खेतको कराई खोलामा आक्रमण भएको थियो | आक्रमण पश्चात सामाजिक संजालमा बाहिरिएको भिडियोमा शाही र ति युवतीसंगै रोएका थिए | उक्त प्रकरणमा सेनेटाइजर खाएको भन्दै आजपनि शाहिमाथि बेलाबेला चर्को व्यंग्य भइरहन्छ | उसो त प्रहरीको जानकारी अनुसार आक्रमण एकोहोरो नभई दुवै पक्षविच भएको थियो | रातको बेला दुवै समूह मदिराको नसामा भएकाले झडप भएको र त्यो आक्रमण नभएको बुझाई प्रहरीको छ | यता स्थानीयले भने रातको समयमा शाही गाडीभित्र एक महिलासंग आपतिजनक अवस्थामा भेटिएकाले त्यसो नगर्न अनुरोध गर्दा झडप भएको बताएका थिए | विभिन्न मिडियामा शाहीले उक्त विषयमा जवाफ पहिल्यै नै दिइसकेका छन् भने आफुंले मदिरा प्रयोग आजसम्म नगरेको बताएका छन् |
यस्तै सुर्खेतको घटना पश्चात भने शाही अझै संकास्पद अवस्थामा भेटिएको उनिसंगै रहेका केहि व्यक्तिले बताएका छन् | सुर्खेतमा घटना भए पश्चात शाहीको सुरक्षाको लागि भन्दै काठमाण्डौबाट तत्कालिन अभियानका केन्द्रीय सदस्य सानु पूर्वछाने लगायत ५ जनाको समूह उनलाई लिन गएको थियो | संगै काठमाण्डौतर्फ फर्किएका सानू पूर्वछाने लगायतको समुहलाई छाडी शाही मुगलिंगबाट एकाएक हराएका थिए | उनिसंगै उक्त युवती पनि गएकी थिइन् | सानू पुर्वाछानेले बताए अनुसार शाहीले मोबाइल अफ गरेका थिए भने ति नर्स युवतीको मोबाइलमा सम्पर्क गर्दा उनले आफुहरु नुवाकोट रहेको बताएकी थिइन् भने उनीहरु भोलिपल्ट मात्रै अन्यको सम्पर्कमा आएका थिए |
बिश्वस्त श्रोतले बताए अनुसार शाहीलाई उनका केहि सहयोगी भएर जबरजस्ती काठमाण्डौ लेराइएको थियो भने कलंकीबाट पनि शाही आफ्नो समूह छाडी ति युवतीसंगै भाग्ने कोशिस गरेकोमा भिम मैनाली लगायतको समुहले उनलाई सुनाकोठी स्थित शक्ति शाहीको घरमा लगेर थुनेरै राखेको थियो जहाँ गत वर्षको साउनसम्म शाही बस्ने गर्थीए | बिश्वस्त श्रोत र उनि निकट रहेकाहरुले बताए बमोझिम भने शाही सुनाकोठीमा शक्ति शाहीकै घरबाट पनि झ्यालबाट हाम फाल्ने सम्मका कोशिष गरेका थिए | ति नर्स काठमाण्डौ रहेकाले शाही उनलाई भेट्न जानको लागि झ्यालबाट हाम फाल्ने कोशिष गरेका थिए |
यता नर्स युवतीले भने आफुंलाई झुक्याएर बिहे गरिएको र संगै राखिएको भन्दै शाही बिबाहित रहेको तथ्य थाहा पाउने बित्तिकै निक्कै पिडा ब्यक्त गर्दै केहीसँग सहयोगको समेत माग गरेकी थिइन् | उक्त घटना पश्चात ति युवती मानसिक रुपमा बडो विक्षिप्त भएको र केहिसमय स्वास्थ्यमा नै गम्भिर समस्या आएको बुझिएको छ |
नोट : हामीले महिलाको आत्मसम्मानलाई ध्यानमा राखेको हुनाले र ति युवतीले हामिमाझ गरेको अनुरोध बमोझिम यस प्रकरणसंग सम्बन्धित फोटो र भिडियो सार्बजानिक गरेका छैनौं | यस समाचारसंग सम्बन्धित कसैले आधिकारिक रुपमा समाचारप्रति विमत्ति ब्यक्त गर्न सकेमा हामी विषयबस्तुलाई प्रमाणित गर्न सक्ने फोटो ,भिडियो र अडियो सार्बजानिक गर्न तत्पर छौं |