राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता तथा सांसद ज्ञान बहादुर शाहीको सचिवालयबाट संचारकर्मी तिवारीलाई धम्कि आएको छ |
ज्ञानेन्द्र शाहीको एकभन्दा बढी बैबाहिक जीवनको समाचार प्रकाशित गरे लगत्तै सांसद शाहीकै सचिवालयबाट संचारकर्मी तिवारीलाई ज्यान मार्ने र अपहरण गर्ने धम्कि आएको हो | साउन २९ गते(मंगलबार) तिवारीले आफ्नो संचालनमा रहेको अनलाइन नितिन्युजडटकममा ज्ञानेन्द्र शाहीको बहुबिबाह सम्बन्धि समाचार प्रकाशन गरे लगत्तै सांसद शाहीका सहयोगी प्रकाश नायकले रातको १२:३० बजे सामाजिक संजालको माध्यमबाट संचारकर्मी तिवारीलाई ज्यान मार्ने र अपहरण नै गरिदिने धम्कि दिएका हुन् |
प्रकाश नायक अहिले सांसद शाहीसंगै हंगकंगको भ्रमणमा छन् |
सामाजिक संजालमार्फत करिव ६ मिनेटसम्म भएको कुराकानीमा शाहीका सहयोगी नायकले संचारकर्मी तिवारीलाई जहाँ भेट्छु त्यहिंबाट उठाउँछु भन्दै ज्यान मार्ने र अपहरण नै गरिदिने धम्कि दिएका छन् |उसो त समाचार प्रकाशनको अन्तिम तयारीमा रहेका तिवारीलाई हंगकंग जानु अघि शाहीका सहयोगी नायकले पटकपटक फोन सम्पर्क गरि भेट्न अनुरोध गरेका थिए | एकचोटी भेटेर चिया खाउँ भन्दै बारम्बार अनुरोध गरेका नायकले तिवारीको कार्यालयमै भेट्न आग्रह गरेका थिए | तर तिवारीले भने आफ्नो कार्यालयमा भेट्न नमिल्ने र भेट्ने नै भए मिनभावन आसपास कतै भेट्न सकिने भने लगत्तै नायक आफैं भेट्नको लागि हच्किएका थिए |
शाहीका सहयोगी नायकले फोनमार्फत संचारकर्मी तिवारीलाई धम्काउंदा साइडबाट सांसद शाही पटक पटक बोलिरहेका थिए | शाहीका सहयोगी नायकले हिजो मदिरा सेवन गरेको उनको बोलीबाट नै प्रष्ट हुन्छ |