राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता तथा सांसद ज्ञान बहादुर शाही यतिबेला आफ्नो बैबाहिक सम्बन्धका कारण निक्कै बिबादमा छन् |
आफुंले ६ वर्षअघि नै बिबाह गरेपनि बैबाहिक सम्बन्धलाई सधैं गुमनाम बनाएका र सार्बजानिक रुपमा आफुँलाई अबिबाहित दाबि गर्दै आएका शाहीले निर्वाचन आयोगमा समेत आफुँ अबिबाहित रहेको भन्दै व्यक्तिगत विवरण पेश गरेका छन् | व्यक्तिगत विवरण अन्तर्गत भर्नु पर्ने अनुसूची १० मा शाहीले आफुंलाई अबिबाहित दाबि गरेका हुन् | शाहीले केहि टेलिभिजन अन्तर्वार्तामा समेत आफुंलाई अबिबाहित बताउंदै आएका थिए |
उसो त शाहीको व्यक्तिगत जीवनमा बिबाहमात्र नभएर हरेक विषय शंकास्पद नै छन् | शैक्षिक योग्यता, काम लगायतका शाहीका हरेक विषयमाथि प्रश्न यत्रतर छन् | अरुलाई निक्कै उत्ताउलो र खरो प्रश्न गर्ने शाही आफुँमाथि उठेका कयौं प्रश्नमा भने निक्कै मौन छन् |
केहि दिनअघी सामाजिक संजालमा शाहीको बिबाहको तस्बिर सार्बजानिक भएसंगै ६ वर्ष अघि नै शाहीले बिबाह गरेको र उनको श्रीमती दलित समुदायको भएकै कारण शाहीले आफ्नो बैबाहिक जीवनलाई लुकाएर राखेको भन्ने तथ्य सार्वजानिक भएसंगै यो विषयले शंसय नै मचचाईरहेको छ | सामजिक विभेदका विषयमा चर्को आदर्शका कुरा गर्ने शाहीले आफ्नो बिबाहको ६ वर्षसम्म पनि अन्तर-जातीय बिबाहकै कारण आजसम्म बैबाहिक जीवनलाई लुकाएर राखिनु गम्भिर अपराध भएको धारणा सरोकारवालाहरुको छ |
शाही अझैपनि आफ्नो बैबाहिक जीवनलाई सार्बजानिक गर्न चाहादैन थिए भन्ने कुरा त तस्बिर सार्बजानिक भए यता शाहीले दिएको अभिव्यक्तिबाट नै प्रष्ट भैसकेको छ | शाहीको बिबाहको तस्बिर सार्बजानिक भएको केहिदिनमा उनलाई केहि पत्रकारहरुको भिडमा एक महिला पत्रकारले 'तपाईं त बिबाहित हुनुहुँदो रहेछ ,आजसम्म किन लुकाएर राख्नुभयो 'भन्दै प्रश्न गरिन | त्यसपछि शाहीले निक्कै हुर्मत देखाएका थिए | आफ्नो बिबाहको तस्बिर सामाजिक संजालमा सार्बजानिक गर्नेलाई साइबर क्राइममा मुद्दा हाल्नेदेखी महिला भएर महिलाको ठाउँमा बस्न भन्दै शाहीले घुमाउरो पारामा प्रश्न गर्ने महिला पत्रकारलाई धम्क्याउन समेत भ्याएका थिए |
शाहीको उक्त अभिव्यक्तिले नै शाहीले अझै आफ्नो बैबाहिक सम्बन्ध खुलाउन नचाहेको र तस्बिर सार्बजानिक पनि शाहीको मनखुशिमा नभएको प्रस्ट पार्छ | शाही निकट श्रोतले बताए अनुसार भने शाही बिबाहको तस्बिर सार्बजानिक भए यता निक्कै चिन्तामा छन् |
शाहीले करिव २ वर्षको प्रेम सम्बन्ध पश्चात ६ वर्ष अघि एक युवतीसँग बिबाह गरेको र हाल उनलाई श्रीमतीको रुपमा स्वीकार गर्न तयार नभएको बुझिएको छ | उसो त शाहीको श्रीमती भन्दै इन्दु सिंह नामको महिलासंग तस्बिर सार्बजानिक भएकोमा शाहीले घुमाउरो शैलीमा आफु बिबाहित रहेको बताएपनि अझै आफ्नो श्रीमतीबारे खुलाएका छैनन् |
शाहीले आजभन्दा करिव ६ वर्ष अघि इन्दु सिंह नामको महिलासंग बिबाह गरेको खुलेको छ | बास्तबिक घर तनहुँ भइ भक्तपुर बसेर आफ्नो जिविकोपार्जो चलाइरहेका इन्दु सिंहको परिवारमा उनको बुवा, आमा ,उनि र उनको भाइ छन् | उनीहरु भक्तपुरको सुर्यबिनायकमा बस्छन | बिश्वस्त श्रोतले बताए अनुसार भक्तपुरमै बसी भक्तपुरको सानोठिमी क्याम्पस पढ्दा शाहीले इन्दु सिंहसंग भेटि प्रेम प्रस्ताब राखेका थिए | इन्दु सिंहसंग प्रेम सम्बन्ध चलेको करिव ६ महिना पछी शाही भारत गए र १७ महिनापछि नेपाल फर्किए |
इन्दु चितवनको चितवन मेडिकल कलेजमा बी.एस.सी. नर्सिंग अन्तिम वर्षमा अध्यनरत थिइन् | शाही अचानक नेपाल फर्किएर सिधै चितवन गए | चितवनकै पुल्चोकमा अचानक शाहीलाई भेट्दा इन्दु त्यतिबेला आश्चर्यमा परेकी थिइन् | त्यसबेला सम्म शाहीको र इन्दुको प्रेम सम्बन्ध इन्दुको घरमा थाहा भएर इन्दु सिंहको परिवारले उक्त सम्बन्ध अस्विकार गरिसकेको थियो | त्यसैले पनि शाही हतार हतारमा चितवन पुगेका थिए |
एक महिलासंग इन्दु सिंहले बताए अनुसार शाहीले आफुँसंग बिबाह नगरे नारायणीको पुलबाट हाम फालेर आत्महत्या गरिदिने भन्दै धम्काएर इन्दुलाई बिबाहकोलागि राजि बनाएका थिए | इन्दुले त्यतिबेला अतालिएर बिबाहकोलागि राजि बनेकी थिइन् |सामाजिक संजालमा समेत भाइरल बनेको उनीहरुको बिबाहको त्यस तस्बिर गैडाकोटाको मौलाकालिका मन्दिरमा खिचिएको हो | उनीहरुले मौलाकालिका मन्दिरमा गई बिबाह गरेको बुझिएको छ |
तर , शाहीले बिबाह यता उनलाई कहिल्यै पनि श्रीमतीको दर्जा नदिएको बुझिएको छ | जबरजस्ती बिबाह गरेका शाहीले बिबाह पश्चात भने उनलाई सधैं बेवास्ता गर्दै आएको र पटक पटक यातना दिंदै आएको बुझिएको छ |
शाही निकट एक श्रोत भन्छ –"उनले कहिल्यै पनि इन्दु सिंहलाई श्रीमतीको जस्तो ब्यबहार दिएर राखेका छैनन् |सधैं बेवास्ता र हेला मात्र गर्ने गर्छन |शाहीको कारण उनले धेरै दुख र कष्ट भोग्नु परेको छ | शाहीले सधैं आफुँ यो सम्बन्धलाई टिकाउन नसक्ने र अर्को बिहे गर्ने बताईरहन्छन तर इन्दु भने शाहीलाई छाड्न तयार छैनन् | "
इन्दु एक नर्स भएकाले उनको कमाई राम्रो हुने र उनको कमाईबाट आफुँ पनि चल्न सजिलो हुने कारणले इन्दुसंग शाहीले बिबाह गरेको ति व्यक्ति बताउँछन | इन्दु निक्कै होची भएकाले पनि आफुलाई इन्दु मन नपर्ने शाहीले आफुँ निकटका संग बताएका छन् | इन्दुसंग आफ्नो यौन चाहाना पूरा नहुने पनि शाहीले बिनयजंग बस्नेतसंग बताएका थिए | बिनयजंगलाई दाजु भन्दै शाही लामो समय बिनयजंगको घरमा बसेका थिए |
शाही काठमाण्डौ मै बसेर विभिन्न अभियानमा सक्रिय थिए | उनको श्रीमती इन्दु सुर्खेतको एक अस्पतालमा नर्सिंग अफिसरको रुपमा कार्यरत थिइन् | बिश्वस्त श्रोतले बताए अनुसार महिनासम्म मतलब नगर्ने शाहीले इन्दुलाई तलब आउने दिनमा भने सधैं फोन गरेकै हुन्थीए | तर बिबाह दर्ता गर्ने इन्दुको चाहाना र अनुरोधलाई शाहीले पटक पटक अस्विकार गर्दै आएको पाइएको छ |
शाही इन्दुलाई छाडेर अर्कै युवातिसंग बिबाह गर्न निक्कै तयारि गरेका थिए | उनले केहि महिलासंग त मन्दिरमा गएर गोप्य रुपमा बिबाह समेत गरे भने केहिसंग करिव २ वर्षसम्म निक्कै गोप्य सम्बन्धमा पनि बसे |तर शाहीले सम्बन्ध बनाएका इन्दु बाहेकको हरेक महिलासंग आफुँ अबिबाहित रहेको बताउने गर्थिए | यहि कारण शाही र इन्दुविच लामो समय बिबाद र झगडा समेत भएको बुझिएको छ | यता शाहीको व्यवहारका कारण इन्दु सिंहलाई भने उनको बुवा-आमाले पटक पटक अर्को बिबाह गर्न समेत अनुरोध गरेको बुझिएको छ |
शाही धादिङ्गको एक महिलासंग २ वर्षसम्म संगै बसी तिनै महिलासंग बिबाहको अन्तिम तयारीमा थिए | सोहि कारण उनको श्रीमती इन्दुले सुर्खेत मै आफुँ कार्यरत रहेको अस्पतालको छतबाट हाम फाली आत्महत्याको कोशिष नै गरिन | सुर्खेतमा सम्भव नभएको उनको उपचारलाई उनको माइतीले हेलिकप्टर चाटर्ड गरि काठमाण्डौको त्रमा सेन्टर लेराई करिव १ महिनासम्म अस्पतालमा राखेर उपचार गराएको थियो | मेरुदण्ड नै भाँचिएर श्रीमती १ महिनासम्म अस्पताल रहंदा पनि शाही एकाध पटक मात्र अस्पतालमा भेटघाट गर्न गएको बुझिएको छ | उसो त श्रीमती एक महिनाको उपचार पश्चात घर आउँदा पनि शाही अक्सिजन वितरण गर्ने भन्दै पश्चिमा नेपाल तर्फ गएका थिए | शाहीले त्यस बेला पनि एक युवातिसंग बागलुङ्गको मन्दिरमा नै गई बिहे गरेका थिए | उसो त त्यतिबेला शाहीको समूह सुर्खेतमा स्थानियासंगको दोहोरो भिडन्तमा समेत परेको थियो | त्यतिबेला पनि शाही एक महिलासंग आपत्तिजनक अवस्थामा रहेको स्थानीयबासीले आरोप लगाएका थिए |
अक्सिजन वितरण पश्चात शाही फर्किएसी तिनै नर्स युवातिसंग संगै बस्ने र इन्दुलाई छाड्ने शाहीको भनाइ पछी शाहीको श्रीमती इन्दुले सुनाकोठीबाट पनि बसेको घरबाट हाम फाल्ने कोशिष गरेको र बेहोश समेत भएकी थिइन् | सुनाकोठीमा करिव १ वर्ष अघिसम्म शाही शक्तिराज शाहीको घरमा बस्थिए | शाहीले इन्दुलाई पनि त्यहीं लगेर राखेका थिए | यस विषयमा प्रतिक्रिया लिन खोज्दा शक्तिराज शाहीले खासै प्रतिक्रिया दिन चाहेनन् तर उनका छिमेकीले बताए अनुसार भने शाही र उनकी श्रीमती इन्दुको बिच हरेक दिन झगडा भइ शाहीले बारम्बार कुटपिट र मानसिक यातना दिने गर्थीए | शाहीको लामो समयसम्म त्यस किसिमको ब्यबहारका कारण इन्दु विक्षिप्त थिइन् | शाहीकै कुटपिटको कारण इन्दुले कतिपटक सम्म सहन नसकी घर छाडेको समेत पाइएको छ | कतिपटक त इन्दु सिंह सुनाकोठीको जंगलामा गैर बसेकी थिइन् |
बिश्वस्त श्रोतले बताए अनुसार भने शाहीले आफ्नो बैबाहिक जीवन सार्बजानिक नगर्नु र इन्दुलाई श्रीमती स्वीकार नगर्नुको कारण इन्दुको जात नै एक प्रमुख कारण हो |
यता रास्ट्रिय दलित आयोगले भने दलित भएकै कारण श्रीमतीको अस्तित्व नदिईएको र र स्वीकार नगरिएको हो भने यस विषय निक्कै गम्भिर रहेको र आयोगले आबश्यक कारबाही चाल्ने बताएको छ |त्यस्तै रास्ट्रिय महिला आयोगका प्रतिनिधिले पनि यस घटनामा आयोगको ध्यानाकर्षण भएको बताएको छ |
शाहीले लामो समयदेखि इन्दु सिंहलाई सामाजिक संजालको माध्यमबाट समेत बन्चित बनाएको बुझिएको छ | शाहीकी श्रीमती इन्दु फेसबुक खास्सै कम चलाएपनि उनि सामाजिक संजाल टिकटकको निक्कै पारखी थिइन् | केहि महिना यता शाहीले उनलाई टिकटकबाट समेत प्रतिबन्ध लगाएका छन् | उसो त उनको श्रीमती अहिले Whattsapp बाहेक अन्य माधयममा भेटिएकी पनि छैनन् |
यता बैबाहिक जीवनको ६ वर्षसम्म पनि बैबाहिक जीवनलाई सार्बजानिक नगरिनु र शाहीको अन्य महिलासंगको सम्बन्ध बाहिरिनुलाई कतिपयले भने शाहीको षड्यन्त्रको रुपमा लिएका छन् | हंगकंग भ्रमणमा निस्किनु अघि नै पटक-पटक सांसद शाहीलाई सम्पर्क गरि यस विषयमा जानकारी लिन खोज्दा उनको धम्कीको भाषा प्रयोग गर्दै उनि निकट एक व्यक्तिलाई भेट्न अर्थ्याएका थिए | शाहीको श्रीमती इन्दुले भने यस विषयमा केहि समय पश्चात मात्र औपचारिक प्रतिक्रिया दिने बताएकी छिन् |