काठमाडौं । रास्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्तासमेत रहेका प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर ज्ञानेन्द्र शाहीले आफु बीरुद्ध समाचार लेखे बलात्कार केशमा फसाईदिने भन्दै संचारकर्मी शंकर तिवारीलाई धम्की दिएका छन् ।
सांसद शाहीले सामाजिक संजाल फेसबुक मेसेन्जरबाट मेसेज गर्दै संचारकर्मी तिवारीलाई आफु बीरुद्ध समाचार लेखे बलात्कार केशमा फसाईदिने धम्की दिएका हुन् । गत केहीदीन अघीदेखी विभिन्न संचारमाध्यमहरुमा सांसद शाहीबारेमा बहुविवाह गरेको, प्रतिनिधीसभाको निर्वाचनमा भाग लिँदा गलत तथ्य उल्लेख गरेको, अभियानको नाममा आर्थिक अनियमितता गरेको र विभिन्न युवतीहरुलाई यौनजन्य हिंसा गरेको लगायतका विभिन्न आरोपसहितको समाचारहरु प्रकाशन हुँदै आएको छ । उक्त विषयमा सञ्चारमाध्यम हरुमा आफूबीरुद्ध सूचना दिएको भन्दै शाहीले पत्रकार तिवारीलाई एस्तो धम्की दिएका हुन् । तिवारीलाई सांसद शाहीले फेसबुक मेसेन्जर मार्फत् पटक पटक आथिृक प्रलोभन देखाँउदै फकाँउदै आएका छन् ।
तर तिवारीले उनको प्रलोभनलाई ईन्कार गरेपछी पुनः सम्पर्क गर्दै समाचार लेख्न बन्द नगरे बलात्कारको झुठो आरोपमा फसाईदिने र जेलसम्म पुयाईदिन सक्ने सम्मको धम्की दिएका हुन् । केहिदीन अघी मात्र शाहीका स्वकिय सचिव प्रकास सिंह नायकले समेत टेलिफोन गरी अपहरण गर्ने धम्की दिएका थिए । सांसद शाहीसंगै हङकङ गएका स्वकिय सचिव नायकले शाहीकै निर्देशनमा हङकङबाटै टेलिफोन गरी आगामी दिनमा समाचार लेखे तिवारीलाई घरबाटै उठाईदिने धम्की दिएका थिए । त्यसपछी पनि तिवारीले पटक पटक शाहीको भण्डाफोर गर्दै समाचार प्रकाशन गरेपछी पछि शाही आँफैले उनलाई धम्की दिएका हुन् । शाहीले मेसेज गर्दै लेखेका छन् “बाबु मेरो बारेमा धेरै नलेख, मलाई अपठेरोमा पारेका छौ, अव तिमिलाई पनि फसाउँछु , एक युवतीसँग मैले सेटीङ मिलाईसकेको छु , अव ति युवतीले तिमिलाई रेप केशमा मुद्धा हाल्नेवाला छ । बरु विचार गर, मेरा बारेमा समाचार नलेख, बरु भेटुम” शाहीको मेसेजमा जवाफ दिँदै पत्रकार तिवारीले पनि आफ्नो कुनै कमजोरी नभएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
राप्रपाको प्रवक्तासमेत रहेका सांसद शाहीको यस किसिमको हर्कत हेर्दा शाही उक्त समाचारबाट अत्यन्तै अत्तालिएको देखिएको देखिन्छ । समाचारमा चित्त नबुझे कानुनी उपचारमा जान पाउने अधिकार रहँदा रहँदै पनि उक्त पद्धती अपनाँउदा आँफै फस्ने डरले आफूसामु विभिन्न प्रलोभन देखाएको र उक्त प्रलोभनलाई ईन्कार गर्दा शाहीले आफुलाई फसाउने सम्मको धम्की दिएको तिवारीले बताए । शाहीले अहिले सप्रमाण प्रकाशित् समाचारलाई गलत र पूर्वाग्रही भन्दै झुक्याउने प्रयास समेत गरेका छन् । त्यस्तै शाही समाचारबाट अत्तालिएर व्यक्तिगत रुपमै प्रस्तुत हुन थालेको तिवारीको आरोप छ । उता शाहीले यस्तो आरोप लगाएपनि शाहीले नाम लिएका ति युवतीले भने पत्रकार तिवारीमाथी त्यस किसिमको मुद्धा हाल्नेबारे कुनै तयारी नभएको बताएकी छन् । यद्धपी केहीदिनअघी सांसद शाहीबाट फेसबुकमा फेन्ड सिक्वेस्ट आएको र पटक पटक पत्रकार तिवारीलाई फसाउन पर्यो भन्दै आग्रह गरेको जानकारी दिईन् ।
उनलाई पत्रकार तिवारीलाई फसाईदिए राम्रै फाईदा गराईदिनेसम्मको प्रलोभन दिएको र आफूले त्यसलाई इृन्कार गरेको ति युवतीले बताईन् । साथै पत्रकार तिवारी कुनैबेला आफ्नो सहकर्मी रहेको भएपनि केहि समयअघीदेखी सामान्य मनमुटावका कारण दुवै जना सम्पर्कमा नरहेको थाहा पाएर सांसद शाहीले मौकाको फाईदा उठाउन आफूलाई प्रयोग गर्न लागेको पनि उनले बताईन् ।
यसरी भयो युवतीसंग शाहीको सम्पर्क
सांसद शाहीको गलत क्रियाकलाप र उनको अवैध धन्दाबारे पत्रकार तिवारीले धारावाहिक रुपमै समाचार प्रकाशन सुरु गरेपछी शाहीले विभिन्न व्यत्तिहरुसंग सम्पर्क गरी तिवारीबारे खोजतलास सुरु गर्दै आएका छन् । संचारकर्मी तिवारीका बारेमा केहि कमजोरी पत्ता लगाउन सकिन्छ कि भनेर उनले केहि समूहलाई चितवन नै पठाएको खुलेको छ ।
संगसंगै आर्थिक प्रलोभन देखाउँदै आएपनि तिवारीले ईन्कार गरेपछी अहिले शाही अत्तालिएका छन् भने पत्रकार तिवारीको लुज पोईन्टहरु खोज्न उनले सामाजिक सञ्जालहरुमा गोप्य समूह नै खटाएका छन् । शाही नजिकका व्यक्तिहरुबाट हामीलाई प्राप्त प्रमाणका अनुसार चितवन घर भएको एक व्यक्तिको माध्यमबाट शाहीले ति युवतीसँग सम्पर्क गरेको तथ्य फेला परेको छ ।
त्यसपछी शाहीले उनलाई फेसबुकमा फ्रेन्ड सिक्वेस्ट पठाएको देखिन्छ । फेसबुकमा फ्रेन्ड सिक्वेस्ट एसेप्ट नहुँदै शाहीले तिवारीबारे चासो राख्दै कुराकानी गरेका छन् । यद्धपी ति युवतीले भने अकास्मात् त्यस किसिमको मेसेज देख्दा आस्चर्यचकित बनेको बताएकी छन् ।
त्यस्तै उनले त्यतिवेलासम्म कुनै मेसेज पनि नगरेको देखिन्छ । हामीलाई प्राप्त प्रमाणमा शाहीले ति युवती र पत्रकार तिवारीको सम्बन्धबारे कयौंपटक फकाँउदै बुझ्ने कोशिस गर्दै उनलाई बारम्बार म्यासेज गरेका छन् । तर युवतीबाट म्यासेजको रिप्लाई नआएपछी भने शाहीले टेलिफोन गरेको ति युवती बताँउछिन् । उनको अनुसार शाहीले पत्रकार तिवारीलाई सम्झाईदिन भन्दै करिव ७ मिनेटसम्म अनुनय विनय गरेका थिए । ७ मिनेट सम्म भएको फोन सम्पर्कमा शाहीलाई युवतीले अहिले आफ्नो सम्पर्क नभएको र आफुंले सम्झाउन नसक्ने बताएकी थिईन् । त्यस्तै ति युवतीलाई शाहीले तिवारीको घर र हाल काठमाण्डौको ठेगाना बताउन समेत अनुरोध गर्दै तिवारीको बुवा आमासँग सम्पर्क गराईदिन समेत आग्रह गरेका थिए । शाहीको यी सवै कुरामा चासो नदिँदा नदिँदै पनि अहिलेसम्मपनि सांसद शाही र उनी निकटका केहि मानिसहरुबाट क्रमशः त्यस्तै किसिमको मेसेजहरु आईरहेको भन्दै अहिले आफुँ स्वयम् तनावमा परेको उनी बताँउछिन् । अनावश्यक टर्चर दिएपछी शाहीको फेसबुक नै ब्लक गरिदिएपनी उनि निकटका केहि व्यक्तिहरुले अहिलेपनि मेसेज गरिहेको उनले बताईन् । उता ति युवातिसंग कुरा गरे लगत्तैदेखी सांसद शाहीले तिवारीलाई सामाजिक संजालको माध्यमबाट सम्पर्क गर्दै आफ्नो विषयमा समाचार लेख्ना बन्द नगरे बलात्कारको अभियोगमा फसाईदिने भन्दै धम्कीपूर्ण सन्देश पठाएका हुन् ।
शाही निकटका महिलाको तिवारीलाई बारम्बार भेटको संकास्पद प्रस्ताब
संचारकर्मी तिवारीलाई शाही निकट रहेका र शाहीसंग बारम्बार सम्पर्क भैरहने केहि महिलाले भेटको लागि पटक पटक प्रस्ताब समेत राखेका छन् । शाहीको ठुलो प्रशंसक रहेकी चितवनको एक युवतीले मंगलबार मात्रै आफू काठमाण्डौंमा रहेको र भेटघाटकोलागि जरुरि काम भएको भन्दै बारम्बार तिवारीलाई सम्पर्क गर्दै भेट्न अनिरोध गरेकी थिइन् । आफुं अहिले प्रतिकुल अवस्थामा रहेको भन्दै भेटघाट गर्न नसक्ने बताएका तिवारीले ति युवतीलाई फोनबाटै के कुरा हो गर्न आग्रह गर्दा पनि ति युवतीले बारम्बार भेट्नकै लागि मात्र जोड दिएकोमा त्यसलाई शंकास्पद मान्दै भेटघाट गर्न अफ्ट्यारो महसुश गरेका तिवारीले अन्तत: मिनभवन आसपासमा मात्र आफुंले भेट्न सक्ने बताएपछि अन्तत ति युवती भेटघाट गर्नकोलागि हच्किएकी थिइन् । ति युवतीले अलि संकास्पद स्थानमा भेट्न बोलाएकोमा सोलाई इनकार गर्दै तिवारीले मिनभवन बाहेक अन्त भेट्न नसक्ने बताएका थिए ।
यस्तै संचारकर्मी तिवारीलाई केहिदिन यता संकासपद छवी भइ बारम्बार बिबादमा पनि आइरहेका केहि महिलाले बारम्बार भेटघाटको लागि आग्रह गरेका छन् । यस्तै ३ दिन अघि मात्रै शर्मिला नामले चिनिने युवतीले तिवारीलाई फोन सम्पर्क गर्दै शाहीको बिषयमा केहि गोप्य सुचना भएको भन्दै तिवारीको लोकेसन मागेकी थिइन् । शाहीको षड्यन्त्र भएको हुन सक्ने भन्दै तिवारी उनलाई भेट्न तयार भएनन् ।
समाचार प्रकाशन पश्चात मौनता भित्र लुकेको शाहीको चर्को सन्नाटा
समाचार प्रकाशनको तयारीमा रहेका तिवारीलाई उनको सचिवालयबाट समाचार प्रकाशन नगर्न भन्दै भेटघाटको माध्यमबाट कुरा मिलाउन चर्को अनुरोध आएपनि तिवारीले सोलाई बेवास्ता गर्दै समाचार प्रकासन गरे ।
साउन ३० गते बागलुंगकी एक महिलासंग गरेको बिबाहको विषयमा समाचार प्रकाशन गरे लगत्तै शाहीका निजि स्सहयोगी प्रकाश नायकले ज्यान मार्ने र अपहरण गर्ने धम्कि दिए । साथै शाहीको आधिकारिक फेसबुक पेजबाटै ६-७ महिना पहिलाको म्यासेजलाई लाई प्रयोग गर्दै १००० रुपैंया मागेको र सो नदिएसी चरित्र हत्या गरेको भनेर गलत प्रचार समेत गरे । ४ दिनकोलागि हंगकंग भ्रमणमा गएका शाही ९ दिनसम्म उतै बसे र सधैं चर्को मिडियाबाजी र होहल्ला गर्दै हिंड्ने शाही यस पटक कसैले थाहा नपाउने गरेर सुटुक्क नेपाल आए । सांसद शाही संसदमा नाबोल्दासम्म उनि नेपाल फर्किएको कसैलाई जानकारी समेत थिएन । नेपाल फर्किएपछी पनि शाहीको नम्बर सधैं अफ छ । उनको सचिवालयमा सम्पर्क गर्दा फोन उठ्दैन ।
शाही र उनको सचिवालय नै समाचारको बिषयमा मौन छ | समाचारप्रति आधिकारिक धारणा व्यक्त र खण्डन कहीं कतै पनि उनको सचिवालयले गर्न सकेको छैन । करिवकरिव समाचारलाई मौन स्वीकारोक्ति गरिराखेका शाही सक्दो षड्यन्त्र गर्न र समाचार रोक्न सक्दो प्रयासरत भने छ ।
भदौ ६ गते दैनिक काम सकेर फर्किनेबेला संचारकर्मी तिवारीलाई २ जनाको युवकको समुहले सांसद शाहीको नाम लिंदै बाटो छेकी धकेल-धुकुल गर्ने र धम्क्याउने प्रयास समेत गरेको थियो ।