राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञान बहादुर शाहीका विविध विषयले केहि समय यता सामाजिक संजालमा निक्कै चर्चा पाइरहेको छ ।
शैक्षिक योग्यता, निर्वाचन आयोगमा पेश गरेको विवरण हुँदै बैवाहिक जीवनका बारेमा प्रश्न उठेका शाहीलाई यतिबेला भने श्रीमती इन्दु सिंहलाई बन्दक बनाएर राखेको समेत आरोप लागेको छ । कतिपयले भने शाहीको श्रीमती इन्दु सिंहलाई शाहीले नै बन्दक बनाएको र सार्वजनिक नगरेको आरोप लगाइरहेका छन् ।
शाहीको श्रीमती गम्भीर घरेलु हिंसा र महिला हिंसामा परेको हुन सक्ने अनुमान पनि कयौंको छ । उसो त शाहीले तनहुँ घर भइ भक्तपुर बस्ने युवतीसँग ६ वर्षअघि नै विवाह गरेका हुन् । गैंडाकोटको मौलाकालिका मन्दिरमा उनीहरुबिच ६ वर्षअघि नै विवाह भएको पुष्टि भएको छ । तर, सांसद शाहीले आजसम्म पनि आफ्नो श्रीमतीको बारेमा आधिकारिक रुपमा कतै बताएका छैनन्। विभिन्न टेलिभिजन विवाह अन्तर्वार्तामा समेत केहि अघिसम्म आफुलाई अविवाहित रहेको बताउँदै आएका शाहीले बैवाहिक जीवनको बारेमा प्रश्न उठेसँगै भने आफुले धेरै अगाडी नै मन्दिरमा गएर विवाह गरेको स्वीकारोक्ति नै गरेका छन् ।
सांसद शाहीले ६ वर्ष अघि नै बिबाह गरेको र उनकी श्रीमती दलित समुदायको भएकै कारण आजसम्म सांसद शाहीले आफ्नो बैबाहिक जीवनलाई सार्वजनिक नगरेको भन्दै सामाजिक संजालमा शनसनिपूर्ण खुलासा भएसँगै शाहीको बैवाहिक जीवनको रहस्य र उनकी श्रीमती बारे अझै चर्चा बढेको छ |
गत साउन ४ गते सिंहदरबारमा सांसद शाहीलाई पत्रकारहरुले संसदको गतिविधिबारे प्रश्न गरिरहेको थिए । सोहि क्रममा त्यही रहेकी एक महिला पत्रकारले सामाजिक सञ्जालमा भाईरल भएको उक्त तस्बीरबारे प्रश्न गरेकी थिईन् । पत्रकारको प्रश्न सकिन नपाँउदै शाही उल्टै उनीमाथि नै जाई लागेका थिए ।
ति पत्रकारले प्रश्न गरेकी थिइन् “ज्ञानेन्द्र शाहीको विवाह सम्बन्धी तस्बीर एकाएक भाइरल भईरहेको छ यो विषयमा तपाईको धारणा के छ ?” यत्ति प्रश्न गर्ने बित्तिकै शाही पत्रकारमाथी बुरूक्क उफिएका थिए । उक्त भिडियोमा उनले आफूमाथि यस्ता विषयमा प्रश्न गर्न नमिल्ने भन्दै उम्किने प्रयास गरेका छन् । पत्रकारको प्रश्न सकिन नपाँउदै उनले आफु विवाहित पुरुष रहेको भन्दै विवाह गरेको तस्बीरहरु बोकेर हिड्न नपर्ने भन्दै प्रशंग मोड्ने कोशिस गरेका थिए ।
त्यस्तै उनले आफुले धेरै वर्षअघि मन्दिरमा गएर बिहे गरेर सिन्दुर हालेर हिन्दु परम्पराअनुसार विवाह गरेको भन्दै त्यो आफ्नो र श्रीमतीको व्यक्तिगत सवाल रहेकाले त्यसबारे प्रश्न नगर्न आग्रह गरेका छन् । उनले भनेका छन् “यो मेरो व्यक्तिगत सवाल हो ।"
त्यस्तै उनले विवाहको प्रशंग मोड्ने प्रयास गरेको भन्दै पत्रकारहरुले पनि उनीमाथि उल्टै अब “कुन प्रशंगबारे प्रश्न गर्ने त?” भनी उनीमाथि नै व्यंग्य गरेका थिए । तर उनले नुनबारे, सुनबारे, नेपालको राजनीतिबारे र सुशासनबारे प्रश्न गर्न आग्रह गरेका थिए । किनकी उनले भनेजस्तो प्रश्न गर्दा उनको विवाह बारेको प्रश्न छाँयामा पर्ने उनको अड्कल थियो । त्यसो त पत्रकारहरुले राखेको उनको विवाह बारेको चासोमा शाहीको जवाफ दिने शैली र प्रश्न पछीको अवस्था हेर्दा उनी आफुले गरेको गल्ती छरपष्ट हुन लागे जसरी झस्किएको देखिन्थ्यो ।
उसो त हाल शाहीले आफु विवाहित रहेको र ६ वर्षअघि नै बैवाहिक सम्बन्धमा बाँधिएको स्वीकारोक्ति गरेपनि श्रीमती सार्वजनिक गर्न भने सकेका छैनन्।आजसम्म आफुलाई अविवाहित नै बताएका शाहीले उसो त निर्वाचन आयोगमा पनि गलत विवरण पेश गरेका छन्।
सांसद शाहीले श्रीमती सार्वजनिक नगर्नुमा भने धेरैले धेरै कोणबाट हेर्ने गरेका छन् | कतिपयले सांसद शाहीले बाहिरी महिलासँगको सम्बन्धको कारण आफ्नो श्रीमती सार्वजनिक नगरेको हुन सक्ने बताईरहदा कतिपयले भने उनले श्रीमतीलाई बन्दक बनाई गम्भीर घरेलु र महिला हिंसा गरेको हुन सक्ने समेत बताएका छन् | उनका पुर्व सहकर्मीहरुका अनुसार भने शाहीले अभियन्ता रहेर सडक संघर्ष गरिरहँदा आफ्नो श्रीमतीलाई जोखिम हुन सक्ने भन्दै आफुले श्रीमती सार्वजनिक नगरेको बताउँदै आएका थिए | तर हालसम्म पनि उनले श्रीमती सार्वजनिक नगर्नु र श्रीमतीलाई सामाजिक संजालको माध्यमबाट बञ्चित गरिरहँदा भने धेरैले शंकाको नजरले हेर्ने गरेका छन् |
भर्खर-भर्खर विवाह गरेका बेला शाहीले आफुले मन्त्री प्रेमबहादुर सिंहको छोरीसँग बिबाह गरेको र दाइजो स्वरुप बानेश्वरमा घर पाएको समेत बताउँदै हिडेको उनी निकटका व्यक्तिले बताएका छन् | ललितपुर चांगाथलिका एक युवकले बताएअनुसार भने उनले आफु मन्त्रीको ज्वाईं रहेको भन्दै विभिन्न व्यक्तिलाई सुनाउँदै आफ्नो पावर माथिसम्म चल्ने भएकाले आफुले धेरै ठुलो काम गरिदिन सक्ने बताउने गर्थे | दाइजो बापतमा बानेश्वरमा घर पाएको र उक्त घरलाई भाडामा लगाएको बताउने उनले त्यतिबेला पनि श्रीमती सार्वजनिक गरेका भने थिएनन् | त्यस्तै अभियन्ता रहेर सडकमा संघर्ष गरिरहेका बेला शाहीले आफु निकटका केहि व्यक्तिसंग आफुलाई दरबारबाट पूर्वराजा ज्ञानेन्द्रकी नातिनी र पारशकी छोरीसँग विवाह गर्ने प्रस्ताब आएको र आफुले त्यसलाई अस्वीकार गरेको समेत बताउने गरेका थिए।
यता मन्त्री प्रेम बहादुर सिंहको छोरीसंँग विवाह गरेको भन्दै आफु निकटका केहि व्यक्तिसँग फुंइ लगाएका शाहीले बानेश्वरमा पाउने भनेको घर र जग्गा नपाएसी बारम्बार श्रीमतीमाथि हिंसा गर्ने गरेको समेत अनुमान गरिएको छ | शाही निकटका व्यक्तिले बताएअनुसार शाहीको परिवारले आजसम्म पनि इन्दु सिंहलाई दलित भएकै कारण परिवारमा बुहारीको रुपमा स्वीकार नगरेको समेत पाइएको छ ।
नाम नबताउने शर्तमा तत्कालीन नेपालका लागि नेपाली अभियानका एक महिला अभियन्ताले बताएअनुसार भने सुर्खेतमा प्रहरीको कुटाई पश्चात घाइते दाबी गर्दै अस्पतालमा भर्ना भएका बेला समेत शाहीले इन्दु नै आफ्नो जीवनको ठुलो कमजोरी रहेको भन्दै सुर्खेतबाट उनलाई भेट्न आएका उनकी श्रीमतीसँग भेट्न अस्विकार गर्दै गाली गरेर अस्पतालबाट पठाएका थिए।
त्यस्तै चांगाथलीमा उनी बसेको घरबेटीसँग पनि उनले आफुले मन्त्रीको छोरीसँग विवाह गरेको र आफु मन्त्रीको ज्वाईं रहेको बताएका थिए | केहि वर्षअघि चांगाथलीमा खानेपानीको ट्यांकी उद्घाटन हुँदा समेत उनले एक मन्त्रीलाई आफ्नो ससुरा भन्दै बोलाएका थिए | सबै गाउँलेसँग शाहीले त्यसबेला उक्त मन्त्रीलाई आफ्नो ससुरा भन्दै चिनाएको चांगाथालीकै स्थानीय बताउँछन्।
त्यस्तै सम्पत्ति र दाइजोको आडमा मन्त्रीको छोरी भन्दै विवाह गरेका शाहीले दाइजो र सम्पत्ति नपाएसी श्रीमतीलाई पटकपटक यातना दिने गरेको र श्रीमती स्वीकार नगरेको बुझिएको छ | शाहीले इन्दुलाई श्रीमती स्वीकार नगर्नुमा उनी दलित समुदायको प्रतिनिधित्व गर्ने कारण पनि एक रहेको बुझिएको छ | यस्तै जातकै कारण श्रीमती स्वीकार नगरिएको हो भने उक्त विषय गम्भीर जातीय विभेदको मुद्दा हुने र सो विषयमा कारबाही अघि बढाइने राष्ट्रिय दलित आयोगका प्रतिनिधिले बताएका छन्।
श्रीमती सार्वजनिक नगर्नुको एक कारण विदेशबाट आउने पैसा
सांसद शाहीले आफ्नो श्रीमती सार्वजनिक नगर्नुको मुख्य कारण विदेशबाट अभियानको लागि भन्दै अभियन्ताले पठाउने पैसा रहेको समेत बुझिएको छ | आफै संयोजक रहेर लामो समय अभियान चलाएका शाहीले अभियानको लागि भन्दै विदेशबाट पैसा उठाउने गर्थे | तर उक्त पैसा अभियानको संस्थागत खातामा नभई शाहीले इन्दु सिंहको खातामा मगाउने गरेको पाइएको छ | अभियानको नाममा विदेशका युवालाई पैसा पठाउन लगाई सोलाई शाहीले व्यक्तिगत रुपमा प्रयोग गरेको पाइएको छ | शाहीकी श्रीमती इन्दु सिंहको नाममा ४ वटा बैंकमा खाता रहेको बुझिएको छ |
शाहीको पटक पटकको घरेलु हिंसा र दमनकै कारण इन्दु सिंहले ३ पटकसम्म आत्महत्याको प्रयास गरेको समाचार यस अघि नै आइसकेको छ |
त्यस्तै शाही निकटका अनुसार भने पछिल्लो समय शाही एक सरकारी अफिसरको श्रीमतीलाई उनको श्रीमानसँग डिभोर्स गराएर उनीसँग बिबाह गर्ने तयारीमा थिए | ति युवतीको नाममा ललितपुरमा ५ करोड माथिको सम्पत्ति रहेको समेत बुझिएको छ |
इन्दु सिंहसँग बिबाहको आधिकारिकता नभएकाले अर्को बिबाह गर्न सहज देखेका शाहीलाई अर्को बिबाहबाट रोक्नका लागि इन्दु सिंहले नै केहि फेक आइडी बनाएर उनीहरु बिचको बिबाहको तस्बिर सामाजिक संजालमा राखेको समेत गोप्य श्रोतले जानकारी दिएको छ ।
अधिकांश महिला अभियन्ताहरुले पनि अब शाहीको श्रीमतीको बिषयमा छानविन हुनुपर्ने दाबि गरेका छन् ।